१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मुलुकभर ९२% धान रोपार्इं

मुलुकभर यो वर्ष ९२.२५ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष समयमा पानी परेकाले गत वर्षभन्दा करिब आठ प्रतिशत बढी धान रोपाइँ भएको हो।

अब गर्भ भित्रकै बच्चालाई पनि अंश

हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउनेछन् ।

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडाैंमा २० मुलुकका उच्च सैनिकबीचकाे अभ्यास सुरु भएकाे छ। विपद्को समयमा मानवीय उद्धारमा खटिँदा  बहुराष्ट्रिय सेनाबीच सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सैनिक अभ्यास सुरु भएकाे हाे।

ध्रुवीकरणले मुलुकलाई खतरा

लामो संघर्षपश्चात मुलुकमा शासनसत्ता र व्यवस्था परिवर्तन भए पनि राज्यकै कमजोरीका कारण मुलुकमा जातिय, वर्गीय तथा सामुदायिक ध्रुवीकरण ह्वातै बढेको बताउँदै स्थानीय बुद्धिजीविहरूले यसबाट मुलुकलाई जोगाउन यथासक्य चाँडो कदम चाल्नुपर्ने अपरिहार्य रहेको बताएका छन्।

परिवर्तनको कसीमा मुलुकी ऐन

डेढ सय वर्षअघि संवत् १९१० पौष सुदी ७ मा बनेको ऐनले आजसम्म निरन्तरता पाइरहनु भनेको त्यसबेला ऐन निर्माणमा देखाइएको मेहनत र इमानदारी हो ।

मुलुकभर ३१ लाख सवारी साधन

मुलुकमा सवारी साधनको संख्या करिब ३१ लाख पुगेको छ। सडक विस्तार र निजी गाडी प्रयोगकर्ता वृद्धि हुँदा सवारी साधनको संख्या बढेको हो।

रूस र चीन लगायतका केही शक्तिशाली मुलुक इरानकाे पक्षमा

इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन्।

मुलुकभर २२ प्रतिशत रोपार्इं

वर्षाद सुरु भएपछि किसानले धमाधम धान रोपाइँ गरिरहेका छन् । मंगलबारसम्म मुलुकभर २२.०७ प्रतिशत रोपाइँ भएको छ ।

ट्रम्प र पुटिनबीच तेस्रो मुलुकमा शिखर वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ ।

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्।

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ। सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ। च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो।

‘मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको जानकारी संघीय संसद्लाई गराएका छन् ।

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

सरकारले मुलुकका ७ वटा सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने भएको छ। आगामी साउन पहिलो साताभित्र ती शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिए। मेगा सिटीमा नेपालगन्ज शहर पनि पर्ने सम्भावना रहेको उनले बताए।

कर बढाउने अमेरिकी निर्णयकाे सहयोगी मुलुकले नै गरे आलोचना

अमेरिकाले स्टील,आल्मुनियमलगायतका सामानहरूकाे आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेकोमा युरोपेली संघ, मेक्सिको र क्यानडा लगायतका मुलुकहरूले अापती जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्