९ मंसिर २०८१ आइतबार
image/svg+xml

मेची राजमार्गको बाइपास बनाउन समस्या

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको छ। बाँकी भाग पनि चिरैचिरा परेको छ। पहिरो गएयता यहाँबाट सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण

मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको इलाम–गोलाखर्क भञ्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारी साधन गुडिरहेका छन्।

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ।

भेटिए बेपत्ता दुर्गाप्रसाद

दुर्गाप्रसाद आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेपछि फर्केका थिएनन्। दुर्गाप्रसाद अरू दिन पनि साँझ ४/५ बजेतिर घरबाट ‘इभिनिङ वर्क’मा निस्किएर केहीबेरमा घर फर्किन्थे। तर, आइतबार साँझ घरबाट हिँडेका उनी नफर्केपनि परिवारजन आत्तिएका थिए।

मेचीपहाडका ९३ सडक र पुललाई बजेट

सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, स्थानीय सडक–पुलअन्तर्गत २१, वैकल्पिक सहायक राजमार्ग विकासअन्तर्गत ८, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका ७, राजमार्ग स्तरोन्नति र पुन: स्थापनाका ७ तथा निर्वाचन क्षेत्र रणनीतिक सडकका ३ आयोजनालाई बजेट विनियोजित छ।

मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्।

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।

मर्मत नहुँदा धराप बन्दै मेची राजमार्ग

‘राजमार्ग बिग्रेको एक वर्ष भइसक्यो, विभिन्न कारण देखाएर मर्मत गरिएको छैन,’ पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष एवं इलाम नगरपालिका–५ का वडा सदस्य गृष्म सुब्बाले भने, ‘नागरिकले यत्रो सास्ती पाउँदा नियमनकारी निकाय यसरी चुप लागेर बस्नु हुँदैन ।’

भत्किएको मेची राजमार्गमा दुर्घटनाको जोखिम

दर्जनौं स्थानमा भत्केर जीर्ण बनेको मेची राजमार्गमा सवारीका साधन चलाउन जोखिम बढेको छ। बिग्रेको कालोपत्रे लामो समयसम्म मर्मत नगरिँदा सवारी चलाउन ज्यादै समस्या परिरहेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

मेची पहाडी पर्यटन समिति खारेज

मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज भएको छ । प्रदेश १ को मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज गर्ने निर्णय गरेको हो ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको मुआब्जा निर्धारण धमाधम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ।

मेचीनगरको बजेट एक अर्ब ४२ करोड

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो। असार १० गते सुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्रमुख मीना उप्रेतीले बताए।

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्