२० असार २०८१ बिहीबार
image/svg+xml

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।

सुर्खेतको चौखेढुगां खोला पुलमा पुरुषको शव फेला

सुर्खेतको वीरेन्द्रनगर- १० चौखेढुगां खोला पुल नजिकै बेवारीसे अवस्थामा शव फेला परेको छ।

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

टेंग्रा खोलाकिनारमा महिलाको शव

संखुवासभा मादी ३ घर भई इटहरी ४ मा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

केदारनाथमा बेपत्ता कालिकोटका तीन जनाको शव फेला

साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित

नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ। स्थापितले आफूलाई केन्द्रिय सदस्यबाट हटाउन आग्रह गरेका थिए। सो आधारमा सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो।

हत्याका आरोपीलाई अभद्र व्यवहार मुद्दा

हत्याको आरोपमा भारतबाट पक्राउ गरी ल्याएको अपराधीलाई प्रहरीले अभद्र मुद्दा चलाएको पाइएको छ। मुद्दालाई कमजोर बनाउन तथा आरोपीलाई उन्मुक्ति दिने नियतले प्रहरीले हत्या आरोपीलाई अभद्र मुद्दा चलाएको आशंका गरिएको छ।

मकवानपुर पहिरो: बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता (अपडेट)

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ।

दोलखा पहिरोका बेपत्ता मध्ये ३ बर्षिय बालकको शव भेटियो (अपडेट)

दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटारमा हिजो बेलुकी गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ३ बर्षिय बालक प्रिन्स थामीको शव भेटिएको छ।

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ।मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

बागलुङमा बेवारिसे शव फेला

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले बताए।

भुटानी शरणार्थी प्रकरण: केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

पुरुषको शव फेला

बागलुङमा एक पुरुषको शव फेला परेको छ। गलकोट नगरपालिका-५ भैंसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्