६ आश्विन २०८१ आइतबार
image/svg+xml

जनप्रतिनिधिले उठाउन सकेनन् तीन अर्ब बक्यौता

ललितपुर महानगरले कडाइ र अनुगमन नगर्दा ठूला कर दाताहरूले अर्बौंको कर छली गर्दै आएका छन्। जनप्रतिनिधि आएपछि पनि महानगरको बक्यौता झन्–झन् चुलिँदै गएको छ।

‘सवारी र यात्रु देखेपछि बल्छ स्मार्ट लाइट’

ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी थालेको छ। मुख्य सडकमा बत्ती जडानका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा भइसकेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी  योजनाको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएको छ।

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट भएको छ। विस्फोटमा परी ३ जना घाइते भएको र घाइतेको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको ललितपुरका डिएसपी अपिल बोहोराले जानकारी दिए।

गोदावरी खोला किनारबाट अवैध रूपमा पानी तानिँदै

ललितपुरको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी तानिँदा पनि सरोकारवाला निकायले मौन छ। सिद्धि खानेपानीले महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ को सीमामा रहेको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी निकालेर बिक्री वितरण गरिरहेको स्थानीय बताउँछन्।

ग्वार्कोमा सिजीको लाइफस्टाइल सोपी

डिजिटल होम इन्टरटेनमेन्ट तथा होम अप्लाइन्सेसको कारोबार गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले हालसालै ललितपुरको ग्वार्कोबाट इमाडोलतर्फ जाने बाटोमा सोरुम खोलेको छ।

सुकुल हराउँदैछ

ललितपुर, सानागाउँका ५५ वर्षीय बाबुराजा महर्जनले सुकुलको काम गर्न थालेको चार दशकभन्दा बढी भइसक्यो। सुकुल गाउँको रूपमा चर्चित सानागाउँका महर्जन सानै उमेरदेखि परालको सुकुल बनाउँदै आएका हुन्। बुनेका सुकुल नोलमा राखेर काठ क्षेत्रमा गाउँ–गाउँ पुगेर बेच्ने गरेको उनले सुनाए।

प्रेमील उपहारमय ‘भ्यालेन्टाइन डे’

ललितपुर, जाउलाखेलस्थित आर्चिज ग्यालरीमा ग्रिडिङ कार्ड र गुलाबका फूल सजाइएको थियो। त्यति मात्र होइन, टेडी वियर र अन्य गिफ्टका सामानले ग्यालरी भरिभराउ थियो।

‘भवन वरपर चिरिच्याटट्, अन्त भद्रगोल’

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ललितपुर महानगरपालिकाको भवन वरिपरि चिरिच्याट्ट छ। जीर्ण र भूकम्पले भत्किएका पुराना पार्टी मर्मत गरिएको छ। महनगरगकै पांगढभित्रको पूरानो कमलपोखरी र ढुंगेधारा सरसफाई गरिएको छ। ठाउँठाउँमा ढुंगा छापिएको छ। केही भागमा दुबो र फूल रोपेर हरियाली पारिएको छ। भवन पछाडिको भागमा घाम ताप्न र आराम गर्न मिल्ने गरी मेच राखिएको छ ।

ललितपुरमा ‘हेरिटेज वाक’

‘ललितपुरलाई हेरिटेज वाक बनाइने’ शीर्षकको समाचारले मैले केही हप्ता अघि मात्र ललितपुरका केही भागहरूभित्र स्मारकहरूको लगत तयार गर्दा त्यसको सान्दर्भिकता देखेको थिएँ। हुनत ललितपुर मात्र होइन, उपत्यकाभित्रका तीनै मुख्य सहर र आसपासका अन्य नगर क्षेत्रहरूमा पनि हेरिटेज वाकको प्रबल सम्भावनाहरू नभएका होइनन्। तर काठमाडौँमा जस्तो प्रचारवादी खालको र एक दुई दिन सञ्चार माध्यममा आउन र टेलिभजिनमा देखापर्न मात्र यस्तो योजना वा कार्यक्रम गर्र्नुको कुनै मतलब हुँदैन।

चिरिच्याट्ट ललितपुरको कमलपोखरी

ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ। महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो।

‘सम्पदा पुनःनिर्माणमा खरिद ऐन बाधक’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन नै बाधक रहेको बताएका छन्। त्यसैले उनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन लागू नर्गन आग्रह गरेका छन्।

ललितपुरका खानी स्थानीय तहले बन्द गर्छ, प्रहरीले खुलाउँछ

गएको मंसीर २९ गते तीन दिनभित्र सम्पूर्ण खानी तथा क्रसर उद्योग बन्द गराइसक्न जिल्ला समन्वय समिति, ललितपुरले सबै स्थानीय तहलाई निर्देशन दियो। जिल्लामा धेरैजसो खानी तथा क्रसर उद्योग गैरकानुनीरूपमा संचालनमा हुँदै आएको र त्यसको अनुगमन गर्न समितिले खानी बन्द गराएको थियो। तर, उक्त निर्देशन कुनै पनि क्रसर उद्योग र व्यवसायीले पालना गरेनन्।

भैरहवालाई हराउँदै ललितपुरले उचाल्यो इपीएलको उपाधि

तेस्राे संस्करणकाे एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ। उपाधि भिडन्तमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले उपाधि हात पारेको हो।

प्रहरी चौकी भित्रै पेस्तोल पड्किँदा जवान घाइते, असई पक्राउ

ललितपुरको लाकुरी भञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्। प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङको पेस्तोल पड्किदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्। श्रेष्ठको गालामा गोली लागेको छ।

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्