६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘वडावासीलाई फोहर फाल्ने कपडाको झोला दिएका छौं’

सबैभन्दा पहिले त हामीले वडा कार्यालयमा सोलार बत्ती जडान गर्यौं। सबै जनताको घरघरमा वडापत्र पठायौं। भत्किएका र पानी नभएका पोखरीको संरक्षण गरियो। अझै वडामा योजना १ सय ७१ वटा सोलार बत्ती जडान गर्ने काम अघि बढाएका छौं।

ललितपुर एभरेष्ट प्रिमियर लिगको फाइनलमा, काठमाडौं १ विकेटले पराजित

रोमाञ्चक खेलमा काठमाडौं किङ्स इलाभेनलाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रियट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

एभरेष्ट प्रिमियर लिग : फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको पहिलो क्वालिफायरमा मंगलबार ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ।

ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायरमा

ललितपुर प्याट्रीयट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।

होमस्टे शैलीमा उठ्दैछ माझखण्ड

दक्षिण ललितपुरको माझखण्डस्थित रमेश बोम्जनको परिवारले तीन वर्ष एकनाले टहरोमै कटायो। नयाँ घर बनाउने सपना बुन्दाबुन्दै तीन वर्ष कठिनले बिताएका यो परिवार बल्ल घर बनाउन जुटेको छ। परिवारकै मिलिजुलीमा घर बनाउने आधा–आधि काम सकिएको छ। अहिले बन्दै गरेको उनको घरको शैली पुरानैे किसिमको छैन।

टाेमार र काेल्सावालाकाे सतकीय साझेदारीमा ललितपुरद्वारा काठमाडाैं १० विकेटले पराजित

काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स ११ लाई १० विकेटले पराजित गरेको छ।

काठमाडाैंद्वारा ललितपुरसामु १ सय १० रनकाे विजयी लक्ष्य प्रस्तुत

काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सलाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ।

टोमारकाे उत्कृष्ट ब्याटिङमा ललितपुरकाे लगातार दाेस्राे जित, पाेखरा पराजित

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले दोस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो।

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ? निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।

एभरेष्ट प्रिमियर लिग : ललितपुर प्याट्रियोट्सको पहिलो जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

ललितपुर प्याट्रियोट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पहिलो जित हात पारेको छ।

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा चितवनसामु १४४ रनको लक्ष्य

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको आइतबारको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य दिएको छ।

करनकाे उत्कृष्ट ब्याटिङमा विराटनगरकाे राेमाञ्चक जित

डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा रोमाञ्चक जित हात पारेको छ।

एभरेष्ट प्रिमियर लिगः ललितपुरद्वारा विराटनगरसामु १०५ रनको सामान्य लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्सले साविक विजेता विराटनगर वारियर्सलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

आजबाट इपिएल, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ।

इपिएलका लागि ललितपुरद्वारा १८ सदस्यीय टोली घोषणा, सन्दीपले २ खेल मात्र खेल्ने

यही मंसिर २२ गतेदिख सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ। क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्