१३ आश्विन २०८१ आइतबार
image/svg+xml

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। नेकपा एमाले र माओबादी केन्द्रलाई दक्षिणपन्थी कम्युनिष्ट पार्टीको संज्ञा दिदै उनले आफ्नो पार्टीसहित केही क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच नयाँ ध्रुविकरण र एकता हुने स्पष्ट पारे।

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ।समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन्।

अखिल (क्रान्तिकारी)को संयोजकमा रायमाझी

मोहन वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीको संयोजकमा आलोक रायमाझी चयन भएका छन्। भर्खरै सम्पन्न पहिलो राष्ट्रिय भेलाले रायमाझीको नेतृत्वमा ४० सदस्यीय कायसमिति सर्वसम्मत चयन गरेको हो।

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने 'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

नेपाली भूभाग मिचेर भारतले जंगे पिलर सारेको भनिएको दशगजा क्षेत्रमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी स्थलगत अध्ययनको लागि जाने भएको छ। संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली पर्साको छकपैया जाने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

अखिल क्रान्तिकारी अध्यक्षमा रञ्जित तामाङ

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्।  शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।

क्रान्तिकारी सम्मेलनमा १ करोड खर्च

प्रतिनिधि विवादले दुई दिन सम्मेलन लम्बिएका कारण क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा करिब १ करोड खर्च हुने देखिएको छ।

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरस्थित स्मृति भवनमा प्रारम्भ भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भङ्ग गरेका छन्।

क्रान्तिकारी र अखिलबीच अस्कलमा झडप

अमृत साईन्स क्याम्पस (अस्कल)को छात्राबासमा सोमबार दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको छ। अखिल क्रान्तिकारीका विद्यार्थीले अखिलका कमलराज जोशीलाई हम्मरले प्रहारगर्दा उनी गम्भिर घाईते भएका छन्। घाईते जोशीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भै रहेको छ।

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता भएको छ।

कृषिमा क्रान्तिकारी फड्को मार्ने सरकारी तयारी

किसानले आफ्नो उत्पादनबाट लगानीसमेत उठाउन नसकिरहेका बेला दक्षिण झापाका ६ वटा गाउँ विकास समितिलाई धान उत्पादनका लागि ‘सुपर जोन’ घोषणा गर्दै सरकारले कार्यक्रम सुरु गरेको छ।

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार्यकक्षमा थुनेको हो।

संशोधनप्रति क्रान्तिकारी माओवादीको आपत्ति

सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले आपत्ति प्रकट गरेको छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैत्रमा हुने

नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलन आगामी चैत्रमा हुने भएको छ। चैत्र ३-७ गते सम्म राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय भएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी) कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्