२ असार २०८१ आइतबार
image/svg+xml

इच्छाकामनामा सुन्तला महोत्सव हुने

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

सुन्तलाले मूल्य पाउन थालेपछि कृषकहरू दङ्ग

चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।

श्रमदानबाट पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो।

इच्छाकामना महोत्सव सुरु

चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो।

गाउँघर शून्य: घरै वृद्धाश्रम

इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।

पहिले बेच्थ्यौं घिउ अहिले किनेर खान्छौं

‘किसानका लागि गाउँपालिकाले गोठ सुधार कार्यक्रम ल्याएका छ तर यसमा सहभागी हुन कोही आउनुहुन्न,’ उनले भने ‘गतवर्ष छुट्याएको ५० लाख बजेट त्यतिकै छ।’

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ।आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो।

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।

विपन्न समुदायलाई रेडियो वितरण

सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ।

१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फी खुल्ने संभावना न्यून

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी खुलेको छ।धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो।

ग्याँस टयांकर पल्टिंदा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्