७ आश्विन २०८१ सोमबार
image/svg+xml

तत्कालीन माओवादीले भत्काएको भवन प्रहरीले बनाए

द्वन्द्वकालमा माओवादीले भत्काएको प्रहरी चौकीको भवन नवनिर्माण पछि मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी पशुपति उपाध्यायले उद्धघाटन गरेका छन्।

गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक क्षेत्रीय संगठन ‘इसिओड्ब्लुएस’ को सेनाले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आएका निवर्तमान राष्ट्रपति याहय जम्मेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।

स्थानीयको सहयोगमा प्रहरी भवन

गत वर्षको भूकम्पले ललितपुर मंगलबजारस्थित प्रहरी प्रभाग बसेको भवन चिराचिरा पर्‍यो। प्रभागले भवन अगाडिको खाली ठाउँमा पाल टाँगेर सेवा दियो। एक वर्ष पालमै गुजि्रएपछि मंगलबजारका स्थानीय, व्यापारी र जावलाखेल प्रहरीले अस्थायी भए पनि भवन बनाउन माग गरे।

पुरानो मन्दिर भत्काएरै नयाँ भवन बन्ने हो: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जसरी पनि संविधान संसोधन गर्ने बताएका छन्। ‘हामी धेरैभन्दा धेरैको सहमतीमा संविधान संसोधन गर्न चाहन्छौं, सिन्धुली महोत्सवमा सम्बोधन गर्दै महराले भने, ‘पुरानो मन्दिर भत्काएर नै नयाँ भवन बन्ने हो। समयअनुसार संविधान संसोधन हुन्छ।’

निजीको बढ्यो, सरकारी भवनको शून्य

भूकम्पपछि निजी भवनको बिमा गर्नेको संख्या बढे पनि सरकारी भवनको बिमा गति भने लगभग शून्यको अवस्थामा छ। जोखिम बहन बिमा कम्पनीले गर्ने भएकाले त्यसको फाइदा बुझेर निजी भवनको बिमा गर्ने व्यक्तिको संख्या बढेको छ। सरकारी भवनको भने जोखिम सरकारले लिने भएकाले सम्बद्ध अधिकारीले बिमा गर्न पहल नगरेको पाइएको छ।

नयाँ स्कुल भवन पाएपाछि मुहारै उज्यालो

गत वर्ष वैशाख १२ गतेको भुइँचालोले तहसनहस पारेको गोरखा जिल्लाको नामजुङ –१, रातमाटेस्थित कालिका अमरज्योति प्राविको नयाँ पाँचकोठे भवन बनाएर आइतबार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावास भवनमुनि रेल सञ्चालन अनुमतिकाे कागजात माग

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

भवन नबन्दा विद्यार्थीमा त्रास

दुई कक्षामा पढ्ने रोजिना लामाले दुई महिनाअघि दुई साथी गुमाइन्। उनलाई साथीको सम्झनाले सताउँछ भने त्यो दुःखद घटनाले त्रर्साइरहन्छ। गत असार १८ गते ललितपुर टौखेलस्थित पुष्पाञ्जली विद्यालय पछाडिको पर्खाल भत्कँदा कक्षा २ मा अध्ययनरत दुईको मृत्यु भयो भने २४ विद्यार्थी घाइते भए।

डिजाइन बन्यो स्कुल भवन बनेन

भूकम्पले क्षति पुर्‍याएको १७ महिना पुगिसक्दा पनि विद्यालय भवन सरकारले पुनर्निर्माण गर्न सकेको छैन। गत वर्षको भूकम्पले ३१ जिल्लाका ७ हजार ९ सय २३ स्कुल पूर्ण क्षति भएका छन्। यी जिल्लाका विद्यालय भवन निर्माण गर्न भवन विभागले गत वर्ष नै ८० वटा डिजाइन स्वीकृत गरिसकेको छ। तर, सरकारले विद्यालय भवन निर्माणको  स्रोत जुटाउन सकेको छैन।

रेडियो धादिङको भवन भत्काइयो, एमालेको आपत्ति

नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ ।

कृषि हाटबजार भवन प्रयोगबिहिन

स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री गर्न सहज होस् भन्ने उदेश्यले जिरिखिम्ती बजारमा निर्माण गरिएकोे कृषि हाटवजार स्थल प्रयोगबिहिन भएको छ।

दाहालको बास भारतीय राष्ट्रपति भवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरिन्।

भवन निर्माण संहिता अब देशभर

सरकारले देशभर राष्ट्रिय भवन निर्माण आचार संहिता लागू गर्ने भएको छ। हालसम्म ५८ नगरपालिकामा मात्र लागू हुँदै आएको आचारसंहितालाई सरकारले देशभरमा लागू गर्ने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिता राजपत्रमा प्रकाशित गरेर देशभर लागू गर्ने निर्णय गरेको छ। अब देशका सबै २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाविसमा समेत अनिवार्य आचारसंहिता लागू हुनेछ।

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा जिल्ला आपत्कालीन केन्द्र बनेको छ।

अाबुधावीमा निर्माणाधीन भवनमा आगलागी, सयौं कामदारले भागेर ज्यान बचाए

संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएकाे त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्