१० मंसिर २०८१ सोमबार
image/svg+xml

आशाबीच दुःस्वप्न

वास्तवमा अहिले जनतालाई पिरोलिरहेको दुःस्स्वप्न र ऐंठनको कारण नै के हो भने ‘विकास’ का नाममा यी सबैखाले मूर्खताले अबका केही वर्षमा रजधज गर्लान् र त्यही देख्न चाहने विदेशी मसिहाहरूका ‘सुयोग्य शिष्य’ हरूले त्यसलाई मलजल गरि नै रहलान् भन्ने जायज डर बाँकी छ ।

स्थायी राजधानी बन्ने आशा

गुल्मीका पारिश्वर भट्टराई मंगलबार पहिलोपटक दाङ भित्रिए । गुल्मी सत्यवती गाउँपालिकाका अध्यक्ष उनको यसपटकको दाङयात्रा आफंैमा ऐतिहासिक छ । बुधबार दाङमा हुने राष्ट्रियसभा निर्वाचनमा उनले मतदान गर्नेछन् ।

निकास निस्कने आशामा सरोकारवाला

नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार काठमाडौं आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइओसी) टोली एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने भएको छ ।

जोगवनी–किमाथांका पूर्वको आशा

प्रदेश नम्बर १ को मुख्य व्यापारिक मार्गको रुपमा हेरिएको जोगवनी–किमाथांका सडक निर्माणको गति सुस्त छ । त्रिदेशीय लिंकरोड (भारत, नेपाल र चीन) का रुपमा २०७० मा निर्माण थालिएको यो सडक २०७६ मा सम्पन्न गर्ने सरकारको लक्ष्य हो । यसले मुलुकलाई भारत–चीनसँग जोड्नुका साथै छोटो र सहज मार्ग हुने मानिए पनि त्यही रुपमा निर्माण कार्यले गति लिन सकेको छैन ।

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ। चाइना नेशनल इमेज ग्लोबल सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ।

भारतमा काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हालेका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ ।

उपाधिको आशामै माउरिन्हो

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग ११ अंकले पछि परे पनि इङ्लिस प्रिमियर लिगको उपाधि आशा नमार्ने बताएका छन् । आइतबार सम्पन्न खेलमा युनाइटेडले वेस्ट ब्रोममाथि २–१ को जित हात पारेको थियो । युनाइटेडको जितमा स्ट्राइकर रोमेलु लुकाकु र जेसी लिंगार्डले समान १÷१ गोल गरेका थिए । वेस्ट ब्रोमका गारेथ बेरीले एक गोल गरेका थिए ।

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।

कोटेश्वरका किरियापुत्री शर्माले मतदान केन्द्रमा व्यक्त गरे यस्तो आशा (भिडियो)

मुलुकमा नयाँ संविधानअनुसार प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन भइरहँदा कोटेश्वरका हरिप्रसाद शर्मा आमाको मृत्युमा किरिया बसिरहेका थिए। बिहीबार उनी सेतो लुगामै कोटेश्वर बहुमुखी क्याम्पसस्थित मतदान केन्द्र पुगे।

दलीय सुसंस्कारको आशा

जसरी एमाओवादीले एमालेलाई स्वयम्बर नै ग¥यो, त्यसले कांग्रेसभित्र जन्माएको असुरक्षाबोध बुझ्न सकिने कुरा हो तर शेरबहादुरजी झैँ सकल कांग्रेसजन जसरी आत्तिएर अभिव्यक्ति दिइरहेका छन् त्यो उनीहरूका लागि नै अनुत्पादक देखिन्छ । त्यो ‘लोकतान्त्रिक गठबन्धन’ मा न लोकतन्त्रको कुनै गन्ध भेटिन्छ, न कुनै बन्धन् ।

आसन्न चुनाव र नयाँ आशा

के कुरा बिर्सनु हुन्न भने कुनै जमानामा आत्मबलिदान, सौर्य, त्याग, अनुशासन, नैतिकताको स्वर्णिम इतिहास बनाएका पुराना पार्टीहरूभित्र सुसंस्कारको स्खलन भएर आज ती जनताका सामु नराम्ररी बदनाम भएका छन् । तिनका बलिदानका कारण लोकतान्त्रिक संघीय गणतन्त्र पाएका छौँ, तर जनताको दैनिक जीवनमा भने कुनै उल्लेख्य परिवर्तन आउन सकेको छैन ।

आशा र आत्मविश्वासको याम

राजनीतिक परिवर्तनले सामाजिक सोच, चिन्तन र परिवेशमा परिवर्तन ल्याउँछ । मुलुक अगाडि बढाउने मार्ग निर्देशित गर्छन् । सात दसकको नेपालमा हामी पटक–पटक राजनीतिक आन्दोलन गर्दैआएका छौँ । आन्दोलनको फलस्वरुप समाजमा परिवर्तन पनि ल्याउँदै गरेका छौँ । ००७ सालको परिवर्तन अहिले आँकलन गर्न नसकिने ओजको परिवर्तन थियो । त्यस बेलाको बन्द समाजमा प्रजातन्त्रको उदय र यात्रा आफैँमा चुनौती थिए तर त्यो यात्रा एक दसकमै अवशान भयो । ०१७ सालदेखि ०४६ सालसम्मको निरंकुश व्यवस्था ३० वर्षसम्म टिक्यो र सम्झौतामा संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना हुनसक्यो । त्यसको प्रयोग पनि लामो समयसम्म चल्न सकेन ।

स्थानीय चुनावले गाउँको कायापलट हुने अग्निपीडितको आशा

औरहीका अग्नीपीडितले सरकारले आफूहरूलाई दुई नम्बरको नागरिकसरह व्यवहार गरेको गुनासो गरेका छन् । आफ्नो पक्षमा बोलिदिने जनप्रतिनिधि नहुँदा राज्यबाट आफूहरू उपेक्षामा परेको भन्दै उनीहरूले उचित राहतसमेत नपाएको गुनासो गरेका हुन् ।

ठूलो निराशा, झिनो आशा

युवाहरू देशबाहिर भविष्य खोज्न बाध्य छन् । दलका कार्यकर्ताहरू नेताहरूको वरिपरि घुमिरहेका छन् । स्वतन्त्र बौद्धिक वर्ग सीमान्तीकृत हुँदैछन् । भ्रष्टाचार र बेथिति बढ्दो छ ।

साउनमा आशापुरेश्वरमा ८ लाख भेटी संकलन

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल आशापुरेश्वर शिवालय मन्दिरमा साउन महिनाभरिमा ८ लाख रुपैयाँ भेटी संकलन भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्