इलाममा बिहीबारदेखि युवा महोत्सव
१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ।
१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ।
पूर्वी सीमावर्ती बजार मानेभञ्ज्याङनजिकैको भारतीय भूमिमा स्थानीय व्यवसायीले ल्यान्डरोभर गाडी उत्पादनको ७०औं वर्षे उत्सव मनाएका छन्।
इलाम नगरपालिका र धरान उपमहानगरनगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेसँगै व्यापार–व्यवसायमा सहकार्य थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा उच्च माग गरेको इलामको चियाको आन्तरिक व्यापार प्रवद्र्धन गर्न धरानमा ‘इलाम टी एक्सो’ आयोजना गरिएको छ।
स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ।
इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको छ। तीन दिनसम्म मनाइने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गर्दैछन्।
प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ।
२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।
इलाम सदरमुकाम अहिलेको स्थानमा आएर बसेको २ सय वर्ष पुगेको अवसरमा तामझामसहित महोत्सव आयोजना गरिने भएको छ। इलाम नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।
जिल्ला सदरमुकाम तानसेनबाट २ घण्टा पक्की सडकको यात्रापछि पूर्वी पाल्पा रामपुरको बेलडाँडा पुग्न सकिन्छ। यहाँबाट झण्डै डेढ घण्टाको यात्रापछि पुग्न सकिन्छ इलाम बिर्साउने झिरुबास गाउँ।
इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट टिबीएसयुको प्राविधिक संलग्नता रहेको छ ।
आगामी माघ ४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने ‘वेस्मा लाङ्योक’ अर्थात् फरक पाइलाको दोस्रो संस्करणमा एकसाथ ७० बढी कलाकार स्टेजमा देखिने भएका छन् । कार्यक्रममा लिम्बू समुदायका कनिष्टदेखि वरिष्ठसम्म ७० भन्दा बढी कलाकार स्टेजमा प्रस्तुत हुन लागेका हुन्।
समानुपातिकतर्फ इलामका दुवै प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सकिएको छ। अन्तिम नतिजा अनुसार नेकपा एमाले सबै क्षेत्रमा सबैभन्दा ठूलो दल भएको छ।
इलाम क्षेत्र नम्बर २ को समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको छ। नतिजाअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमाले ३० हजार ६ सय ८१ मतसहित पहिलो भएको छ भने नेपाली कांग्रेसले २४ हजार ६ सय ८६ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको ४ हजार २२ मत छ । क्षेत्र २ को प्रतिनिधिसभाको समानुपातिकमा ६६ हजार ५ सय मत सदर भएको छ।
इलामका प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्। जिल्लाका निर्वाचन क्षेत्र हुँदा एउटामा लगातार ३ पटक जितेको कांग्रेसका उम्मेदवार दुई क्षेत्र कायम भएपछिको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका हुन्।