१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सुवासचन्द्र नेम्बाङ इलाम २ मा विजयी

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरे। नेम्वाङ पूर्व सभामुख हुन्।

इलाम १ मा झलनाथ खनाल विजयी

इलाम क्षेत्र क्षेत्र नम्बर १ मा नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे। जीतको औपचारिक घोषणा हुन बाँकी रहेको छ।

इलाममा एकैपटक ८ समूहमा मतगणना

६६.४४ प्रतिशत मत खसेको इलाममा शुक्रबार अपराह्न मतगणना सुरु गरिएको छ। मतपेटिका बिहानसम्ममा सबैतिरबाट सदरमुकाम भेला भइसकेपनि सर्वदलीय बैठक र अन्य तयारीका कारण अपराह्न ३ बजे मात्रै गणना सुरु भएको को हो।

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

इलाममा बिहान ११ बजेसम्ममा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको कार्यालयका सूचना अधिकारी जगदीश भट्टराईले बताए।

इलाममा उत्साहपूर्ण मतदान [फोटो फिचर]

इलाममा उत्साहपूर्ण रूपले मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजे नै जिल्लाका मतदान केन्द्रहरूमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाममा एकै वडाका पाँच उम्मेदवार !

आउँदो २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ जिल्लाको एकै वडाका ५ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले इलाम नगरपालिका–७ घर भएका छिमेकी पाँचै उम्मेदवारलाई प्रतिस्पर्धा गराउन लागेका हुन् ।

इलाममा एक मजदुरको ‘शंकास्पद’ मृत्यु

जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तो छ इलामको चुनावी अंकगणित

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ । गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।

इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।

इलामबाट को–को परे समानुपातिकमा ?

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ३ र नेकपा एमालेबाट १ उम्मेदवार परेका छन्।

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।

इलाममा तीन कैदीको सजाय मिनाहा

दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे दीर्घराज गिरी छन्।

इलाम नगरको बजेट साढे ६४ करोड

इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ६४ करोड ७० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय पारित गरेको छ । भदौ २५, २६, २७ र २९ मा बसेको नगरसभाले ११ करोड ४१ लाख ६३ हजार रुपैयाँको चालू र ९ करोड ४० लाख रुपैयाँ बराबरको पूँजीगत बजेट पारित गरेको हो ।

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाममा पहिरोले पुर्‍यो विद्यालय भवन

चुलाचुली गाउँपालिका वडा–१ स्थित सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर पहिरो जाँदा विद्यालय भवन पुरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्