२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दैलेखमा ग्यास अन्वेषण सुरु

सोमबार बिहान ज्वाला क्षेत्र श्रीस्थान र नाविस्थानमा चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका उच्च अधिकारीहरु पुगेका छन्। यहाँ रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि उनीहरु आएका हुन्।

आयात रोक्ने दबाबले सरकार झुक्यो

पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भए तत्काल असजिलो पर्ने भयले सरकार व्यवसायीका अगाडि झुक्न पुगेको हो।

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।

चिनियाँ टोली काठमाडौं आउँदै, कहाँ–कहाँ हुँदैछ पेट्रोलियम पदार्थको अनुसन्धान ?

चीनबाट पेट्रोलियम पदार्थको अनुसन्धानका लागि एक टोली काठमाडौं आउँदैछ। नेपालको विभिन्न ठाउँमा पेट्रोल पाइने भएकाले अध्ययन तथा अनुसन्धानका लागि चिनियाँ टोली आउन लागेको हो।

भ्याटमा जान प्राविधिक समस्या

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबार नेपाल आयल निगमलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले तोकेअनुसार असार १२ मा कम्पनीमा जान नसक्ने जानकारी गराएका हुन्।

पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ।

पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो।

लिटरमा १५-२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

कालीकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिररहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन्। कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन्।

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाइसकेका बेला वर्तमान सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो।

पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ।

‘पेट्रोलियम सवारीको भन्सार बढाउ, विद्युतीय बसमा कर र भन्सार छुटसहित अनुदान देउ’

वातावरण संरक्षणको क्षेत्रमा कार्यरत संस्थाले विद्युतीय सवारीको कर तथा भन्सार शुल्क छुट दिन माग गरेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भन्सारदर वृद्धि गरी विद्युतीय सवारी खरिदमा अनुदानसमेत दिनुपर्ने ति संस्थाको माग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्