२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

काठमाडौं– सरकारले ईन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरि ईन्धनको मुल्य घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २ रुपैयाँ प्रति लिटर घटाई समायोजन गरेको जनाएको छ। निगमका अनुसार अब पेट्रोलको मुल्य १०८, डिजेल र मट्टितेलको ९६.५० प्रति लिटर कायम भएको छ।

त्यस्तै हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ जनाएको छ।

प्रकाशित: १ असार २०७६ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App