काठमाडौं– पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ११ रुपैयाँ मूल्य घटाइएको आयल निगमले जनाएको छ।
निगमका अनुसार अब नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ।
त्यस्तै निगमले हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासमा भने खुद्रा बिक्री मूल्य यथावत हुनेछ ।
प्रकाशित: ३ जेष्ठ २०७६ १४:५९ शुक्रबार