२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तान्जानियामा तीन दिन राष्ट्रिय शोक

तान्जानियामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। विस्फोटमा ७० जनाभन्दा बढी घाइते भएका थिए।

चीनबाट पनि पेट्रोलियम पाइपलाइन

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ।

निगमको पूर्वाधारमा सात अर्ब

भारतबाट इन्धन आयातमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थ अभाव हुने समस्या सुल्झाउनका लागि नेपाल आयल निगमले चालु आर्थिक वर्षको बजेटमा पेट्रोलियम पदार्थ भण्डारणसहित पूर्वाधार निर्माणका परियोजनालाई प्राथमिकतामा राखेको छ।

पाइपबाट दैनिक ४० लाख लिटर डिजेल

नेपाल आयल निगमले आगामी महिना (अगस्ट)देखि दैनिक ४० लाख लिटर (चार हजार किलोलिटर) डिजेल पाइपबाट ल्याउने भएको छ।

अमेरिकाको द्वैध चरित्र

अमेरिकाले इरानको पेट्रोलियम भण्डार कब्जा गर्न विभिन्न बहाना खोजिरहेको छ। उसले पछिल्लो समय इरानमा मानव अधिकार हनन आरोपको हतियार प्रयोग गरेको छ। तेलमा कब्जा कायम गर्न खाडी क्षेत्रका मुलुकमा अमेरिकाले बेलाबेला नांगो हस्तक्षेप गर्दै आएको तथ्य कसैबाट लुकेको छैन। यसैको उपक्रमस्वरूप इरान अमेरिकाको नयाँ सिकार हुँदै छ भने भेनेजुएलालाई अस्थिर बनाउन उसले सक्दो प्रयास गरिरहेको छ।

पहिलो चरणमा स्थलगत अध्ययन

एक महिनादेखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणमा जुटेको चिनियाँ र नेपाली भू–गर्भविद्को टोली स्थलगत अध्ययन गरी फर्केेको छ।

पेट्रोलियम पाइप सफल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइप लाइनको परीक्षण सफल भएको छ। औपचारिक उद्घाटनपछि पाइपबाट इन्धन आपूर्ति सुरु हुने बताइएको छ।

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल आपूर्ति गरिएको छ।

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणस्वरूप १ लाख लिटर इन्धन पठाइएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक अमलेखगन्जस्थित निगमको डिपोमा पुग्नेगरी डिजेल पठाइएको हो।

पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।

पेट्रोलियम पदार्थ अभाव

पेट्रोलियम पदार्थ अभाव भएको छ। गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ।

पेट्रोलियम पदार्थको अन्वेषण कार्य गोप्य हुने

दैलेखको पञ्चकोशी क्षेत्रमा सोमबारदेखि सुरु भएको पेट्रोलियम पदार्थको अन्वेषण कार्य गोप्य राखिने भएको छ। राष्ट्रिय हितका लागि तेल तथा ग्यास अन्वेषणबारे भइरहेको प्रगति गोप्य रहने भूगर्भ विभागले जनाएको हो।

‘वार्ता भए पनि अमेरिकाले शत्रुतापूर्ण व्यवहार छोडेन’

अमेरिकाले शत्रुतापूर्ण व्यवहार नछोडेको उत्तर कोरियाले आरोप लगाएको छ। परमाणु वार्तालाई सुचारु गर्नेबारे भर्खरै दुइै देशबीच सहमति भएको भएपनि अमेरिका ‘शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको’ आरोप उत्तर कोरियाको छ।

ट्यांकर विस्फोट हुँदा ३५ को मृत्यु

नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अन्य एक सय एकजना घाइते भएका छन्।

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्