३ आश्विन २०८१ बिहीबार
image/svg+xml

शुक्लागण्डकीको बजेट ८६ करोड

शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्षको लागी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।

स्वास्थ्य संस्थामाथिको आक्रमण रोक्नुपर्नेमा जोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य संस्थाको सुरक्षाको विषयलाई लिएर सरोकारवालाबीच अन्तरिक्रया बैठक सम्पन्न भएको छ।

पारमाणविक भट्टीको सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिन सुझाव

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्। प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे।

दुई अनुसन्धान अन्तिम चरणमा

प्रतिष्ठानमा हाल अध्यक्ष डा. गुरुङ सहित डा. मीना आचार्य, प्राध्यापक राजेन्द्रध्वज जोशी र डा. लाभ सदस्य रहेका छन्।

मानव स्वास्थ्यमा यस्तो असर पार्छ विषादी प्रयोगले (भिडियाे सहित)

घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा ह्रास ल्याउने चिकित्सकहरु बताउँछन्। यसका अलावा स्नायुको विकास र व्यवाहारमा विकृति, जन्म विकृतिदेखि क्यान्सरसम्मको सम्भावना रहन्छ।

वामपन्थी नेता अधिकारीको अवस्था जटिल

थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ।

झाडापखालाको प्रकोप नियन्त्रणउन्मुख

गत मंगलबार झाडापखाला लागेका पाँच बिरामी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आएपछि झाडापखाला फैलिएको बारे स्वास्थ्यकर्मीलाई जानकारी भएको थियो।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन्। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए।

मास्कमाडौँका मानिस

हाम्रा आदिकवि भानुभक्त आचार्यले देखेको काठमाडौँ अब यस्तो रहेन। चपला अवलाहरूले गुनकेसरीको फूल शिरमा राखेर हिँडेको अहिले देखिँदैन। बरु सुन्दर अनुहार लुकाउन मास्क भने अवश्य लगाएको देखिन्छ। आदिकवि भानु अहिलेको काठमाडौंँ घुम्न आउने हो भने उनले अहिलेको धुवाँधुलोको यो बेथितिलाई अवश्यै उल्लेख गरेर कविता लेख्नुपर्ने हुन्छ। राजधानी काठमाडौँमा सर्वसाधारणको स्वास्थ्य अवस्था बिगार्ने धुवाँधुलोका नाममा पछिल्लो समय अनेकन सामग्री प्रकाशित भएका छन्। ‘मास्कमाडौँ’ भन्ने शब्द गुगलमा खोजी गर्दा अनेकन सामग्री भेटिन्छन्। सर्वसाधारणका विरोधलाई समेत यसमा समेटिएको छ। अनेकन बान्की र भाकामा ‘मास्कमाडौँ’ चर्चित बनेको छ।

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको दाबी गरे।

नयाँ स्वास्थ्य नीति सार्वजनिक, यस्तो छ व्यवस्था

संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ।

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।

दमरोग परीक्षण शिविर सम्पन्न

रसुवामा पहिलो पटक सञ्चालन गरिएको दमरोग स्वास्थ्य शिविरमा परीक्षण गर्दा दमरोगी बढेको पाइएको छ । जिल्ला अस्पतालले शनिबार सञ्चालन गरेको शिविरमा सयजना दमरोगी बढेको पाइएको हो ।

सवारीसाधनबाट धैरै प्रदूषण

काठमाडौं उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण यातायातका साधनका कारणबाट हुने गरेको छ। वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन अनुसार मानव स्वास्थ्यमा हानि पु¥याउने धुवाँ सवारीसाधनले फ्याँकिरहेका छन्। थोत्रा सवारीसाधनका कारण वायुप्रदूषण बढेको अध्ययनले देखाएको छ।

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । आइतबार बिहान आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति जुटेपछि तालाबन्दी खुलेको हो । एमडी÷एमएसको कोटामा विदेशी विद्यार्थीलाई ग्राहयता दिएको भन्दै सोसाइटीले बिहीबार उपकुलपति डा. राजकुमार रौनियार र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेका थिए । सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएबमोजिम एक तिहाइ सिट मात्र विदेशी विद्यार्थीहरूलाई छुट्याउनुपर्ने माग गरेको थियो । ताला खुलाउन प्रतिष्ठान सिनियर चिकित्सकहरूले शुक्रबार र शनिबार आन्दोलनरत जुनियर रेसिडेन्टहरूसँग पहल गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्