४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बागमतीमा फोहर फाल्ने पक्राउ, २० हजार जरिवाना

उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ ।

वडावासीले बनाए फोहरमुक्त सडक

सडकको छेउछाउ फोहरमैला देखिँदैन, सडक सफा छ, फोहर संकलन गर्न राता र हरिया बाकस पोलमा झुन्ड्याइएका छन्। त्यतिमात्रै होइन, होटल र पसलैपिच्छे फोहरमैला व्यवस्थापन गर्न डस्टबिन राखिएका छन्। यस्तो विशेषता भएको सडक हो, कमलपोखरी-गौशाला सडक।

'फोहरले डेंगे प्रकोप'

तीव्र सहरीकरणसँगै फोहरको अव्यवस्थित बिसर्जनले डेंगे संक्रमण बर्सेनि दोहोरिने विज्ञहरूले बताएका छन्। केही अघिसम्म चितवनमा मात्रै सीमित यसकोे संक्रमण अहिले झापामा पनि उच्च छ। एक सातायता संक्रिमतको संख्या बढिरहेको छ।

कुहिने र नकुहिने फोहर घरमै छुट्याउनुपर्ने

घर, पसल, उद्योग र कलकारखानाबाट निस्कने फोहरमैला जथाभावी फ्यँाक्ने गर्नु भएको छ? कुहिने र नकुहिने फोहर एकै ठाउँमा थुपार्नु हुन्छ? यसो भए सोमबार (कात्तिक १ )देखि पनि यसै गरे कारबाहीमा परिने भएको छ।

दशैंअघि फोहरबाट बिजुली

काठमाडौं महानगरपालिकाले दशैंअघि नै फोहरबाट बिजुली उत्पादन गर्ने भएको छ। गत साता भारतबाट बिजुली उत्पादन गर्ने मेशिन आइपुग्नासाथै प्राविधिक टोलीले जडान थालिसकेको छ। दुईवटै डाइजेस्ट प्लान्ट मेसिन जडान भइरहेको टेकुस्थित महानगरपालिकाको फोहर थुपार्ने ठाउँ (ट्रान्सपोर्ट एक्सन स्टेसन)बाटै बिजुली उत्पादन गरिने महानगरपालिकाले जनाएको छ।

बागमतीमा वधशालाको फोहर

बागमतीलाई स्वच्छ र प्रदूषणमूक्त बनाउन सफाइ अभियान चलिरहे पनि विभिन्न टोल/बस्तीबाट बागमतीमा मिसाइने फोहर र ढलमा भने कुनै कमी आएको छैन। ठाउँठाउँमा रहेका धागो उद्योगबाट, बस्तीबाट ढल बागमती मिसाउने क्रम रोकिएको छैन भने पशु बधशालाहरूका सबै फोहर समेत सोझै बागमतीमा मिसाइने गरेको छ।

बागमती सफाइः मुख्य सचिवसहितको टोलीले निकाल्यो ११ मेट्रिक टन फोहर

बागमती सफाइ महाअभियानको १७३ औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । निजामती कर्मचारी दिवसको उपलक्ष्यमा शनिबारको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५०० कर्मचारीको सहभागिता थियो ।

फोहर बन्दै आकासे पुल

काठमाडौं-सर्वसाधारणलाई सजिलैसँग सडक पार गर्न, ट्राफिक जाम घटाउन र सडक दुर्घटना न्यून गर्न बनाइएका राजधानीका आकासे पुल हिजोआज फोहर हुन थालेका छन् । पुलमा दिनहुँ मलमूत्र र फोहर थुप्रिएको हुन्छ । बटुवा नाक थुनेर पुल पार गर्छन्।

जोरपाटी अझै फोहर

जथाभावी फ्याँकिएको फोहर र त्यसको दुर्गन्ध। अव्यवस्थित फुटपाथ बजार। भत्केका खाल्डाखुल्डी सडक। ढल फुटेर निस्केको फोहर पानी। न समयमा पानी आउँछ न बिजुली। लथालिंग बिजुली र केबलका तार यस्ता अनेकौं समस्याग्रस्त जोरपाटीवासी दुई वर्षअघि आफ्नो गाविस नगरपालिका बन्ने खबर सुन्दा यी सबै समस्या समाधान होला र नगरपालिकाका सेवा सुविधा पाइएला भनेर दंग परेका थिए।

उपत्यकाका नदीबाट शनिबार २३ मेट्रिक टन फोहर निकालियाे

काठमाडौं– उपत्यकाका प्रमुख नदी सफाइ गरी २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको १६८ औँ हप्तामा आज बल्खुपुलस्थित तरकारी तथा फलफूल बजार क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले बताए।

विष्णुमतीबाट ५५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ– विष्णुमती सफाइको १०० हप्तामा शनिबार नदी किनारका १२ स्थानमा सफाइ गरी ५५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विसं २०७१ जेठ १५ गतेदेखि विष्णुमती सफाइ महाभियान पनि सुरु भएको थियो ।

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

सोलुखुम्बु– सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ। सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्