२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारत भ्रमणको नियमितता

भारत रिसाएको समेत कारणबाट प्रधान मन्त्रीको कुर्सीबाट हट्नुपरेका दाहाल त्यसपछि उग्र भारत विरोधी बने। त्यो बाटोबाट सत्तामा पुग्न र पुगे पनि टिकिरहन सकिँंदैन रहेछ भन्ने बुझेपछि उनी भारतसँग सम्बन्ध सुधार्न लालायित पनि थिए।

भारत-पाक तनाव र सार्क

भारत र पाकिस्तानबीच तीनपटक प्रत्यक्ष भिडन्त भइसके। यी दुवै मुलुकमा राष्ट्रवादी बन्ने पहिलो सर्त नै एकअर्काप्रति आपसमा कसले/कति घृणाको आगो ओकल्न सक्छ भन्ने हो। आगो लगाउने र तेल थप्ने काम पुुग्ाांपण्डित र कठमुल्ला गर्छन् भने सत्ताप्यासा राजनीतिकर्मीहरु त्यसैमा हावा फुक्ने गर्छन्।

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्।

भारत पस्यो इस्लामिक स्टेट

भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेका बेला भारतको केरलमा इस्लामिक स्टेट (आइएस) का ६ जना कार्यकर्ता पक्राउ परेका छन्। राष्ट्रिय जाँच एजेन्सी –एनआइए) ल केरलमा ६ जना आइएस कार्यकर्ता पक्राउ परेका भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतको अग्रता फराकिलो

रोहित शर्माले अर्धशतक पूरा गरेपछि न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतले फराकिलो अग्रता लिएको छ। तेस्रो दिन आइतबारको खेल सकिँदा भारतले ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएपछि न्युजिल्यान्ड समग्रमा ३ सय ३९ रनले पछाडि परेको छ।

भारतकाे दबाब झेल्न नसक्दा ५ दिनमा तीन विज्ञप्ति

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)बारे परराष्ट्र मन्त्रालयले पाँच दिनमा तीन वटा विज्ञप्ति जारी गरेर विदेश नीतिमा अस्थिरता प्रदर्शन गरेको छ। एकै विषयमा एक–एक दिनको फरकमा यसरी लगातार विज्ञप्ति आउनु र धारणामा परिवर्तन हुँदै जानुलाई विज्ञहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो।

दिवासपना नदेख्न भारतलाई पाकिस्तानको चेतावनी

पाकिस्तानी सेनाले भारतलाई पाकिस्तानमाथि आक्रमण गरेको दिवासपना नदेख्न चेतावनी दिएको छ। पाकिस्तानी सेनाका सूचना विभागका निर्देशक आसिम सलिमले भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्रइक्स गरेको झुटो दाबी गर्दै विश्वलाई अन्धकारमा पार्न खोजेको आरोप लगाए।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

दाहालले भारतमा राष्ट्रघाती सम्झौता गरेको दिन म निदाउन सकिन–बाबुराम भट्टराई

प्रचण्ड’ले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उनले भने–‘प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।’

भारतको सर्जिकल स्ट्राइक्समा राष्ट्रसंघको आपत्ति

भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्समा संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनका प्रवक्ता स्टीफान दुजारिकले भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्स गलत भएको बताए।

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध

भारत–पाकिस्तान तनावको प्रत्यक्ष असर कलाकर्मी र चलचित्रमा परेको छ। शुक्रबार इण्डियन मोसन पिक्चर्स प्रोड्युर्शस् एसोसिएसन आइएमपिपिएले भारतीय चलचित्रमा पाकिस्तानी कलकारलाई अनुबन्धन गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट पाकिस्तानका सिनेमा घरहरुले पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएका छन्।

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ : सांसद भण्डारी (भिडियो)

भारतले ६ महिनासम्म आफ्नै देशमाथि नाकाबन्दी गर्दा मौन रहेको संसदमा शुक्रबार भारत-पाकिस्तान मुद्दाले चर्चा पाएको छ। भारत र पाकिस्तानबीच बढ्दै गएको तनाब मत्थर पार्न नेपालले वार्ता गर्नुपर्ने आवाज संसदमा उठेको छ।

भारतीय नम्बर प्लेटको लहरीले किचेर महिलाको मृत्यु, चालक फरार

विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

भारत–पाकिस्तानको विवाद उत्कर्षमा पुगेको समयमा भारतमा रहेका पाकिस्तानी कलाकार यसको चपेटामा परेका छन्। भारतीय निर्माताहरुको संगठन इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स (आइएमपिपिए) ले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लागउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्