भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक
भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ। बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।