२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्।

भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसद्को माग

सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसद्हरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई प्रक्रिया लम्ब्याउन नहुने बताए।

घुस लेनदेन अडियो प्रकरण संसदमा

प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताएका छन्।

नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न

प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन्।

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना

नेपालमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि प्रगति बैठक आयोजना गरेको छ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

'शेयर कारोबार सुरक्षित बनाउनुपर्ने'

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए।

कृषि क्षेत्रको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिँदैन: गौतम

राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दाबी गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश

नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेकी छिन्।

जनताका काम टार्ने प्रवृत्ति बढ्दै गयो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।

'१३ वर्षीया बालिका बलात्कार प्रकरणको मुद्दा कमजोर बनाउन वकिललाई दबाब'

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

'परिपक्व कूटनीतिक र असंलग्न पराराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव'

‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशले ल्यायो ४२ अर्ब बढीको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब बढीको बजेट ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन्।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दै सरकार

सरकारले १६ वर्षदेखि अल्झिएको संक्रमणकालीन न्यायको पाटो टुंग्याउन ऐन संशोधन तयारी थालेको छ।

गठबन्धन इमानदार देखिएन: नेपाल

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्