८ वैशाख २०८१ शनिबार
राजनीति

कृषि क्षेत्रको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिँदैन: गौतम

राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दाबी गरेका छन्।

संविधान बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविधि गर्ने प्रतिबद्धता जनाउँदै आएको सरकारले कृषि क्षेत्रको बजेटमा भने त्यसतर्फ कुनै पनि दृष्टिकोण पुर्‍याउन नसकेको सांसद गौतमको भनाइ छ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले कृषि क्षेत्रका लागि छुट्टयाएको बजेटले त्यसको आधि कार्यक्रम पनि लागू गराउन सक्ने अवस्था नरहेको बताए।

सांसद गौतमले सरकारले कृषि क्षेत्रको विकासका लागि राम्रो कार्यक्रम ल्याएपनि त्यसका लागि बजेटको व्यवस्था गर्न नसकेको पटकपटक दोहोर्‍याए। सांसद गौतमले कृषि क्षेत्रको विकास नभई मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न नसकिने उल्लेख गर्दै त्यसै अनुसारको बजेट ल्याउने काममा सरकारसँग दृष्टिकोणको अभाव रहेको बताए। 

प्रकाशित: ६ असार २०७९ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App