२१ आश्विन २०८१ सोमबार
image/svg+xml

देशभरी इलाम छर्ने धोको

साहित्यकारले लेखेका थोरै शब्द नै कहिलेकाहीं अगुवाको भाषण वा अन्य कुनै माध्यमभन्दा बढी प्रभावकारी बनिदिन्छन्। त्यसरी नै इलामलाई फेरि १ पटक साहित्यममार्फत् ‘देशैभर छर्नेगरी’ जिल्लाका युवा साहित्यकार जुर्मुराएका छन्।

निर्धारित समयअघि नै निर्माण सक्ने लक्ष्य

इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि सामग्री संकलन धमाधम भइरहेको छ। केही दिनपछि आयोजना सुरु गर्न पाइपलाइन, सिमेन्ट, गिटी, बालुवा, इँटालगायत सामग्री भण्डारण गरिरहेको आयोजनाले आइतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।

जापानमा इलाम चिनाउँछन् जो

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र होइन, अलि बढी रुपैयाँ कमाउने हिसाबले इलामको चियालाई दार्जिलिङको चियाका नाममा बिक्री गर्ने धेरै देशमा धेरै व्यवसायी छन्।’

राहदानीबाट पौने तीन करोड राजस्व

गत आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला प्रशासन कार्यालयले पौने ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राहदानी, संघ–संस्था दर्ता–नवीकरण तथा विभिन्न जरिमाना र दस्तुरबाट २ करोड ८१ लाख १ हजार ९८ रुपैयाँ संकलन भएको प्रशासन कार्यालयले जानकारी दिएको छ।

भरुवा बन्दुकसहित दुई पक्राउ

इलाम नगरपालिका ३, मकैबारीबाट प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।  इलाम र पाँचथरबाट खटिएको प्रहरी टोलीले इलामकै सन्दकपुर गाउँपालिका–१ का ३५ वर्षे रामकुमार राई र त्यहींका २७ वर्षे मीनकुमार फागोलाई पक्राउ गरेको हो।

हतियारसहित तीन पक्राउ

इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।

जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ। मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

अस्थायी श्रमिक हटाउन ‘तिकडम’

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्।

पहाडमा साइकल अभियान

वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पर्यटन प्रवर्द्धन सघाउने उद्देश्यले युवाले साइकल यात्रा अभियान चलाएका छन्। काठमाडौं, झापा, इलामलगायतका ८० युवा मेची राजमार्गको पहाडी क्षेत्रमा साइकल चलाउँदै शनिबार इलाम सदरमुकाम आएका हुन्।

उवासंघमा चिपालुको प्यानल विजयी

इलाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा नेपाली कांग्रेसनिकट व्यवसायीको प्यानल विजयी भएको छ। अध्यक्षमा ईश्वर चिपालुसहित सबै पदमा कांग्रेसनिकट व्यवसायीले चुनाव जितेका हुन्।

सरकारी चिया बगान फिर्ता गर्न माग

निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन्–झन् बिजोक बनाउन थालेपछि इलामका सरकारी चिया बगान र उद्योग सरकारलाई नै फिर्ता गर्न स्थानीयको माग जोडदार रूपमा उठ्दैछ।

सरकार गम्भीर भएन

महिना दिनयता काम छाडेर आन्दोलनमा उत्रिएका चिया श्रमिकले सरकारले आफ्ना मागप्रति चरम बेवास्ता गरेको गुनासो गरेका छन्। सरकारकै निर्णय कार्यान्वयनका लागि रोजीरोटी त्यागेर आन्दोलन गरे पनि सरकार गम्भीर नभएको श्रमिकको भनाइ छ।

पूर्वराजा ज्ञानेन्द्र इलाममा

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ इलाम आएका छन्। निजी भ्रमणका लागि भन्दै उनी झापाको दमकबाट सदरमुकाम आइपुगेका हुन्। ‘साँझ इलामको समिट होटलमा उहाँ बास बस्नुभएको छ,’ उनको समर्थक हरि श्रेष्ठले भने, ‘सोमबार उहाँ पाँचथर जाने कार्यक्रम छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्