२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वराजा शाह इलाम आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न इलाम आउँदैछन्। निजी भ्रमणका लागि उनी झापाको दमकबाट अपराह्न इलाम सदरमुकाम आइपुग्दैछन्।

चिया श्रमिकद्वारा आन्दोलन घोषणा

चियाको फस्ट फ्लस (पहिलो टिपाइ) सुरु हुने बेला पूर्वका चिया श्रमिकले न्यूनतम् ज्याला कार्यान्वयन माग गर्दै आन्दोलन घोषणा गरेका छन्। चिया श्रमिकआबद्ध विभिन्न चार संघ–संगठनले आउँदो १७ गतेदेखि चिया प्रतिष्ठानहरू अनिश्चितकालीन बन्द गर्नेलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

ढुंगाले लागेर बालिकाको मृत्यु

इलाम नगरपालिका–८ मा ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ। नगरपालिकाको सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षीया छोरी एलिसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माइभ्याली गोल्डकप : सेमिफाइनल समीकरण पूरा

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्रिभुवन आर्मी क्लबलाई पाखा लगाएसँगै पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइन समीकरण पूरा भएको छ। शुक्रबारको अन्तिम क्वार्टरफाइलनमा काँकरभिट्टाले विभागीय टिम आर्मीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्याे।

भान्साघरबाट सुरु आगलागीबाट डेढ करोडको क्षति

दिउँसो साढे १ बजेतिर लागेको आगोले सन्दकपुर गाउँपालिका–१ का कमल मुखिया, निमादोर्जे शेर्पा, चक्रबहादुर मुखिया र लाक्पा शेर्पाका घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर एककाे मृत्यु

इलाम नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका–१२ का २० वर्षीय संगीन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको हो।

कार्यक्रमस्थलबाटै समातिए विप्लव कार्यकर्ता

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई फाकफोकथुम गाउँपालिकाबाट मंगलबार पक्राउ गरेको छ।

इलाम नगरले हटायो इन्धनको शुल्क

इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा लगाएको प्रदूषण शुल्क खारेज गरेको छ। संघीय सरकारले दुई दिनअघि स्थानीय तहलाई दिएको ३१ बुँदे सुझावपछि नगरले ६ महिनाअघि लिन थालेको शुल्क आउँदो फागुन १ देखि नलिने निर्णय गरेको हो।

करौडौंका योजना अन्योलमा

१ नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ।

कतै जनशक्ति छैन, कतै उपकरण

सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारणले सधैं सास्ती खेप्नुपरिरहेको छ। पहाडी भेगका अस्पतालबाट धेरैजसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनुपरेको छ।

डा. केसी भेट्न माथेमासहितको टोली इलाम आउँदै

सत्याग्रहमा रहेको नवौं दिन डा.गोविन्द केसीलाई भेट्न चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमासहितको टोली बिहीबार इलाम आउँदैछ।

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया मार्नुपर्थ्याे,’ दिउँसो साढे एक बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दै थिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ।’

बस्नै नसक्ने भए डा.केसी, सरकार मौन

१६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसी सत्याग्रहको चौथो दिन (शनिबार) सम्म आइपुग्दा उठेर बस्नसमेत नसकेका चिकित्सकले बताएका छन्।

१६औं सत्याग्रह तयारीमा डा.केसी

चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओली आज इलाम आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अपराह्न इलाम सदरमुकाम आउँदैछन्। इलाम नगरपालिकाले आयोजना गर्ने लगानी सम्मेलन उद्घाटन र नागरिक अभिनन्दन ग्रहण गर्न प्रम ओली यहाँ आउन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्