२० आश्विन २०८१ आइतबार
image/svg+xml

क्रस होल्डिङ भएका कम्पनीले हायर पर्चेज कर्जा नपाउने

हायर पर्चेज कर्जा लिएको कुनै कम्पनीको अर्को कुनै कम्पनीमा समेत २५ प्रतिशत वा सोभन्दा बढी सेयर पार्टनर (क्रस होल्डिङ) भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा नदिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन गरेको छ।

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

ग्लोबल आइएमई बैंक १६ औं वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक १६ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।

चार महिनामा नौ अर्ब पुनर्कर्जा: आधाभन्दा बढी पर्यटन क्षेत्रमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ।

सामान थुपार्ने प्रचलन रोक्न आयातमा कडाइ: गभर्नर

बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।

आयातमा कडाइ

केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै तोकिएका वस्तु आयात गर्दा केहीको हकमा शतप्रतिशत र केहीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

सहुलियतपूर्ण कर्जामा उल्लेखनीय वृद्धि

विसं २०७८ कात्तिक मसान्तसम्म एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा लगानी भई रु दुई खर्ब पाँच अर्ब दुई करोड कर्जा बक्यौतामध्ये झण्डै आधा रकम कृषि क्षेत्रमा बक्यौता रहेको अनुमान छ।

मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब घाटामा

चालू आवको सुरुआतमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति चार महिनाको अवधिमा ११ प्रतिशतले घटेर रु १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको तथ्याङ्कमा उल्लेख छ।

कहाँ पुग्ला सेयर बजार?

नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजी बजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ता भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक अन्य कारणले पुँजी बजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

एकै दिन ८९ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजीबजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ताहरू भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक पुँजीबजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नुपर्ने भएपछि नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो।

तीन वर्षमा डेढ सयलाई शैक्षिक प्रमाणपत्र धितो कर्जा

शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिने कार्यक्रमअनुसार योग्यता पुगेका व्यक्तिलाई जनही सात लाख रूपैयाँसम्म ऋण दिने भनिएको छ। शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गर्न कम्तीमा स्नातक तह पास गरेको, ४० वर्ष ननाघेको हुनुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्