४ पुस २०८१ बिहीबार
image/svg+xml

समानुपातिक सांसदमा कुन दलबाट कति महिला ?

प्रतिनिधि सभाको समानुपातिक तर्फ महिला सदस्यको प्रतिनिधित्व धेरै हुने भएको छ। राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।

समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक परिणाम सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको हो।

प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र

निर्वाचन आयोगले गत मंसिर १० र २१ सम्पन्न भएको निर्वाचनबाट निर्वाचित समानुपातिक तर्फका सांसदहरूलाई आज प्रमाणपत्र वितरण  गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेश सभातर्फको समानुपातिक नतिजा (नाम सहित)

निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ ।

प्रदेशसभा समानुपातिकतर्फ विजयी घोषणा

निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतपरिणामअनुसार विजयी उम्मेदवारको नाम घोषणा गरेको छ ।

प्रदेशसभा समानुपातिक सांसदको नाम सार्वजनिक

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको छ। प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुले बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारहरुलाई आयोगले बुधबार निर्वाचित भएको घोषणा गर्दै नाम सार्वजनिक गरेको हो।

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्।

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

समावेशी र समानुपातिक पद्धति जसलाई चाहिएको हो त्यसैबाट यसको विरोध गराउने काम सुरु भएको छ । समावेशी र समानुपातिक प्रणाली राम्रो भए पनि अहिले यसलाई विकृत बनाउने प्रयास भएको छ ।

समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न संवैधानिक र कानुनी अड्चनः आयोग

निर्वाचन आयोगले गत मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ ग-यो’ भनी लगाइएको लाञ्छना र अराजक गतिविधिप्रति आपत्ति प्रकट गरेको छ।

यी हुन् कांग्रेसका ७२ समानुपातिक सांसद (सूची)

नेपाली कांग्रेसले प्रदेशतर्फको ७२ जना सांसदको टुंगो लगाएको छ। कंग्रेसको कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूची बनाएर निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कांग्रेसले  समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

नेपाली कांग्रेसमा प्रदेशसभातर्फ समानुपातिक सांसद छनोटलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार अबेरमात्र निर्वाचन आयोगमा अन्तिम सूची बुझाइएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच नाम छनोटमा सहमति जुट्न नसक्दा ढिलोगरी अन्तिम सूची बुझाइएको हो ।

माओवादीले छान्यो प्रदेसभाका ३५ समानुपातिक सांसद

नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ।

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन। जुनसुकै दललाई अप्ठयारो परेको बेला कर्णाली साहरा बन्ने गरेको भएपनि अवसर पाउने विषयमा संकट व्यहोर्नु परेको गुनासो कर्णालीवासीको छ । समानुपातिक तर्फको प्रतिनिधी छनौटका क्रममा कर्णालीको सम्मान जनक प्रतिनिधत्व हुन नसकेकोमा कर्णालीवासी आक्रोशित बनेका हुन।

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ५७ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

माओवादी समानुपातिक सांसद : मन्त्रीदेखि नेता पत्नीसम्म

नेकपा माओवादी केन्द्रले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको नाम लगभग टुंगो लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्