११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरुवापछि किन बोल्न थाले सचिव?

सरकारको अधिकार क्षेत्रमा पर्ने सचिव सरुवाको विषय पछिल्लो समय सार्वजनिक बहसमा आउन थालेको छ। सरुवा भएपछि मलाई यो कारणले सरुवा गरियो भन्ने सचिवको संख्या क्रमशः बढ्न थालेको छ।

गाउँ–गाउँमा न्यायाधीश र सरकारी वकिल

‘न्यायिक समितिमा उजुरीहरूपछि हामीले अर्को पक्षलाई म्याद त जारी ग-यौं। तर ऊ आउँदै आउँदैन, कसरी विवाद निरूपण गर्ने,’ यो समस्याले हामीलाई पिरोल्न थालेको छ, श्रीमान्,’ रोसी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लक्ष्मी उप्रेतीले गाउँमा आएका जिल्ला न्यायाधीशसँग सोधिन्, ‘मेलमिलाप गराउनुपर्ने विवादमा दुवै पक्ष नहुँदासम्म सम्भव छैन, यस्तो अवस्थामा हामीले के गर्नुपर्छ ?’

प्रयोगकर्ता होइन समाजिक सञ्जाल दर्ता हुनुपर्छ : मन्त्री बास्कोटा

सञ्चारमन्त्री गोकुल बास्कोटाले समाजिक सञ्जालका प्रयोगकर्ता सरकारी निकायमा दर्ता हुन नपर्ने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेनमा बोल्दै  मन्त्री बास्कोटाले प्रयोगकर्त दर्ता हुन नपरे पनि समाजिक सञ्जाल फेसवुक, ट्विटर नेपालमा दर्ता हुन पर्ने बताए। उनले फेसवुक, ट्विटर, इन्सट्राग्रमको कार्यालय नेपालमा खोलिनुपर्ने बताए।

मानव अधिकारको बदलिँदो तस्बिर

पर्वतका १९ वर्षीय किशोरले ९० वर्षीया, त्यो पनि अपाङ्गता भएकी वृद्धालाई बलात्कार गरे। बढी उमेरकाले कम उमेरकालाई बलात्कार गर्छन् भन्ने धारणा भत्काउनेमा यी किशोरमात्र हैन, प्युठानको नौ बहिनी गापाका १६, १७ र १८ वर्षीय तीन किशोर पनि देखा परे।

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीको प्रश्नः जनताले मन नपराएपछि गीत हटाएछन्, सरकारलाई किन दोष?

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत हटाउनमा सरकारले कुनै दबाब नदिएको दाबी गरेका छन्। बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले मन नपराएपछि गायक आफैंले गीत युट्युवबाट हटाएको दाबी गर्दै विना कारण सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाए।

सरकारले सन्तोषजनक काम गर्न सकेन :  पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयतालाई कार्यान्वयन गर्नको लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तह बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाई थियो।

जलविद्य‌ुत् : विकासमा खेर गएको वर्ष

दुई कम्युनिष्ट पार्टीको गठबन्धले सुविधाजनक बहुमत प्राप्त गरी सरकार गठन गरेको एक वर्ष पूरा भएको छ। लामो स‌ंक्रमणको अन्त्य गर्दै स्थिरता सुनिश्चित भएकोमा नेकपाका एक अध्यक्ष केपी ओलीले दिएको विकासको नाराले अझ बल दिएको थियो। तर सरकार गठनको एक वर्ष पूरा हुँदै गर्दा सरकार गठनसँगै जागेको आशा खस्किँदो छ।

सरकारी ढुकुटीमा पौने दुई खर्ब थुप्रियो

समयमा खर्च हुन नसक्दा सरकारी ढुकुटीमा एक खर्ब ७९ अर्ब थन्किएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले हाल सरकारी ढुकुटीमा पौने दुई खर्बभन्दा बढी रकम थन्किएको बताए। सरकारले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाए पनि पुँजीगत खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा रकम थन्किएको हो।

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव निरजकुमार जैसवालको उपस्थितीमा रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरे।

सरकारको एक वर्ष : मधेसलाई आस मात्रै

संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सरकारसँगको एक वर्षे सहयात्रामा आश्वासन मात्रै पाएको गुनासो गर्न थालेका छन्।

राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष २२ सूत्रीय माग राख्दै ज्ञापनपत्र पेस

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

धर्मनिरपेक्षता खारेजीको माग गर्दै राप्रपाद्वारा आन्दोलन सुरु

विभिन्न २२ सूत्रीय माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको राप्रपाले आज फागुन ७ गते प्रजातन्त्रको अवसर पारेर आन्दोलन सुरु गरेको छ। माइतीघरमा आज उसले पर्चा पम्पलेटसहित प्रदर्शन गरेको छ।

‘कर्मकाण्डी मात्र नहोस् लगानी सम्मेलन’

सरकारले यसअघि गरेका बाचा पूरा नगरी लगानी सम्मेलन गरे त्यो रुद्री पुजाजस्तै कर्मकाण्डी मात्रै हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुले चेतावनी दिएका छन्। स्वदेशी लगानीकर्तालाई नै विश्वस्त पार्न नसकेको सरकारले विदेशी लगानीकर्तालाई आकर्षण गराउने उद्देश्यले लगानी सम्मेलन गर्नु भनेको रुद्री पूजा गरेर ग्रहशान्ति गर्नुजस्तै भएको उनीहरुको भनाइ छ।

पाँच प्रकारका विषादी प्रतिबन्धत

सरकारले धेरै पहिलादेखि प्रयोग भइरहेको खतराजन्य मानिएका पाँच प्रकारका विषादी पञ्जीकरण (रजिस्ट्रेसन) खारेज गर्ने निर्णय गरेको छ। जसमा किट तथा ढुसीनाशक विषादीहरू छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्