१५ मंसिर २०८१ शनिबार
image/svg+xml

थाई एयर एसिया नेपाल आउन इच्छुक

एयर एसिया ग्रुपअन्तर्गतको वायुसेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौं गन्तव्यमा उडान विस्तार गर्न पहलथालेको छ।

‘नेपाल एयरलाइन्स जापान उड्न कठिन’

जापानलाई कर्मथलो बनाएका ६६ वर्षीय गौचनले स्वदेशमा ग्लोबल क्यापिलट इन्भेस्टमेन्ट कम्पनीमार्फत अर्गानिक कृषि, पर्यटनसहित विभिन्न परियोजनामा लगानी गरेका छन्।

कालोपत्रे गरिएपछि लामीडाँडामा परिक्षण उडान (फोटो फिचर)

कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ। एक पटक थप भएको म्याद गुज्रेको झण्डै आठ महिनापछि कालोपत्रे पूरा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाईन्सको विमानले सफल परिक्षण उडान भरेको हो।

आन्तरिक हवाई उडान ‘योजनामै’ सीमित

गण्डकी प्रदेश सरकारले गत मार्चबाट पोखरादेखि अन्य ६ वटा प्रदेशका मुख्य सहरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो।

निगमको जापान उडान गर्ने योजना डेढ महिनापछि धकेलियो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ। निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो।

धनगढी विमानस्थल एक महिनादेखि बन्द

सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।

ब्रिटिस एयरवेज १० वर्षपछि पाकिस्तान फर्कियो

सुरक्षा अवस्था कमजोर रहेको भन्दै १० वर्षभन्दा पहिले उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पुनः पाकिस्तानका लागि उडान सुरु गरेको छ। बेलायती वायुसेवाको सो विमानको उडान पाकिस्तानका लागि निकै महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट साताको तीन दिन पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान गर्नेछ ।

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।

जेठ २१ गतेसम्म बन्द

सुदुरपश्चिमवाट काठमाडौं हवाई उडान हुने एकमात्र धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमाडौं आहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ। हृदयघातलगायत केही गम्भीर बिरामीको सुदूरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

क्षतिग्रस्त विमान र हेली नहटाइँदा समस्या

क्षतिग्रस्त विमान नहटाइँदा लुक्लामा हेलिकप्टर उडान तथा अवतरणमा समस्या भएको छ। वैशाख १ गते समिट एयरको कलसाइन नाइन एन– एएमएचको जहाज मनाङ एयरको हेलिकप्टर नाइन एन–एएलसँग ठोक्किएर दुर्घटना भएको थियो।

अन्तर्राष्ट्रिय उडान प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।

जेट एयरले उडान रोक्दै

भारतीय विमान कम्पनी जेट एयरवेजले चार दिन उडान रोक्ने भएको छ। विमानले काठमाडौं–दिल्ली र लण्डनको उडान तालिका मिलाउनु परेकोले उडान रोक्न लागेको हो।  ‘आधिकारिक रुपमा उडान रोक्ने पत्र आएको छैन’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘कम्पनीसँग बुझ्दा चार दिनसम्म दैनिक एउटा उडान गर्ने बुझिएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्