२५ माघ २०८२ आइतबार
image/svg+xml

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्।

सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री

नेपाल प्रहरी रणनीतिक सम्मेलन-२०८२ को आज उद्‌घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ।

समयमा काम नसकिएपछि एक वर्ष म्याद थप

तोकिएको समयमा सडक विस्तारको काम पूरा नभएपछि सरकारले धुलीखेल -सूर्यविनायक सडक विस्तार गर्न ठेकेदार कम्पनीलाई एक वर्ष म्याद थप गरिएको छ।

फर्पिङको पानीपोखरी बृहत् कवि गाेष्ठी

नेपालको ऐतिहासिक पहिलो जलविद्युत उत्पादनगृह फर्पिङको पानीपोखरीमा संयुक्त बृहत् कविता गाेष्ठी भएको छ।

‘एपस्टाइन फाइल’ मा नाम जोडिएपछि दलाई लामाले के भने ?

दाबी अनुसार उनको नाम इमेलहरूमा १६९ पटक देखा परेको भनिएको थियो। हालै सन् २०१९ मा जेलमा मृत्यु भएका यौन अपराधी एपस्टाइनसँग जोडिएका लाखौं पृष्ठका दस्तावेज जारी भएका थिए।

फेरि तीन लाख नाघ्यो सुनको मूल्य

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी चार हजार ३८ रुपैयाँमा कारोबार भइरहेको थियो।

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, आमा घाइते

घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो।

थाक्रेमा यात्रुवाहक बस बस दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए।

उपचार गर्न ‘घरखेत बेच्नु’ नपरोस् भनेर ल्याएको बिमा कार्यक्रम सुधार हुन्छ, बन्द हुँदैन : सभापति थापा

उनले आफ्नो स्वास्थ्य मन्त्रीकालको अनुभव साट्दै धेरै नागरिकले पैसा नभएर उपचार छोड्नुपरेको र परिवारको सम्पत्ति सकिएको देखेकोले बिमा सुरु गरेको स्मरण पनि गराएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खल्तीबाट हुने स्वास्थ्य खर्च न्यूनतम हुनुपर्नेमा नेपालमा तीन गुणा बढी रहेको उनको भनाइ छ।

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत र लगावका कारण प्रदेशमै उत्कृष्ट बनेको घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार भौतिक पूर्वाधारजस्तै भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपांगमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी, तालिम र त्यसले दिने सेवा प्रवाहको अवस्थाका आधारमा मूल्याङ्कन हुँदै आएको छ।

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्