विदेशकै जस्तो बेलहिया–बुटवल सडक
६ लेनको फराकिलो सडक । दाँयाबाँया सर्भिस लेन । पैदल यात्रुका लागि दुवैतर्फ फुटपाथ । मुख्य र सर्भिस लेनको बिचमा बनाइएको हरियाली फूलबारी । ठाउँठाउँमा बाटो क्रस गर्न बनाइएका अपांगमैत्री आकासे पुल ।
६ लेनको फराकिलो सडक । दाँयाबाँया सर्भिस लेन । पैदल यात्रुका लागि दुवैतर्फ फुटपाथ । मुख्य र सर्भिस लेनको बिचमा बनाइएको हरियाली फूलबारी । ठाउँठाउँमा बाटो क्रस गर्न बनाइएका अपांगमैत्री आकासे पुल ।
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक आज (आइतबार)देखि देनिक ४ घण्टा बन्द हुने भएको छ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना संक्रमितको गएराती मृत्यु भएको छ।
१८७१/8७२ सालमा तत्कालीन अंग्रेज फौजसँगको लडाइँमा बुटवलस्थित तिनाउ नदीकिनार जितगढी किल्लाबाट कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली सेनाले अंग्रेजलाई परास्त गरेको थियो। अंग्रेज हराएको ठाउँ भनेर विश्वमै चर्चा भए पनि बुटवलले भने अहिलेसम्म इतिहासदेखि नै प्रशासन चलाउन भने पाएको छैन। सेनकालदेखि राणा हुँदै गणतन्त्रसम्म आउँदा पनि बुटवलले प्रशासनिक नेतृत्व गर्ने अवसर नपाएको जताततै विश्लेषण भइरहेको छ।
प्रदेश नं. ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको बिरोधमा आन्दोलन चर्किन थालेपछि प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ।
राज्यका ऐन कानुन अनुरुप नै बनाएको घरमा स्थानीय सरकारले नै डोजर चलाईदिदा आफू अन्यायमा परेको बुटवलका स्थानीय खिमबहादुर हमालले गुनासो गरेका छन्। हमालले बुटवलमा पत्रकार सम्मेलन गरी डोजर लगाउनु अघि नगरपालिकाले आफूहरूलाई बाहिर निस्कन सुचना समेत नदिएको बताए ।
कोभिड-१९ का कारण श्रोतको कमी हुन थालेको भन्दै बुटवल उपमहानगरपालिकाले प्रशासनीक खर्चलाई कटौती गर्ने भएको छ । जनप्रतिनिधि र कर्मचारीले लिँदै आएका बैठक भत्ता, अतिथि सत्कार, खाजा र नास्तामा मतिव्ययता अपनाउँदै सार्वजनिक खर्च कटौती गर्ने तयारीमा जुटेको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध हुने मात्रै होइन, पहिरोमा परेर मृत्यु हुने यात्रुको संख्या प्रत्येक वर्ष थपिँदै गएको प्रहरी तथ्यांकले देखाएका छ।
बर्षायाम सुरु भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ पत्तो हुँदैन । बिशेष गरि सिद्धबाबा क्षेत्रको पहिरोले यो सडकमा यात्रा गर्नेलाई पिरोल्छ । असार लागेसँगै सिद्धबाबा क्षेत्रमा गएको पहिरोले पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
पहिरो झरेको तीन दिनपछि बुटवल–पाल्पा सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान बजार नजिकै सोमबार ५ बजेतिर ठूला ढुङ्गासहितको पहिरो झरेको थियो ।
सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो ।
बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबामा ठूलो पहिरो खसेपछि सोमबार साँझदेखि सडक अबरुद्ध भएको छ । अविरल वर्षापछि साँझ साँढे ५ बजेतिर ढुंगा र रुख सहितको पहिरो खसेकाले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।
बुटवल उपमहानगरले डिजिटल नगरको अवधारणा अनुसार घर नम्बरिङ सुरु गरेको छ। भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरका विवरणलाई डिजिटल प्रविधिमा समावेश गर्ने गरि घरमा नम्बर टाँस्ने काम सुरु गरिएको हो।
मोफसलमा ठूलो धनराशिको तेस्रो खुला लन टेनिस प्रतियोगिता हुने भएको छ। रुपन्देही लन टेनिस संघको आयोजनामा आगामि फागुन ५ देखि ९ गतेसम्म बुटवलमा तेस्रो संस्करणको प्रतियोगिता गर्न लागिएको हो।