२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुलही शृंगार

विवाहको दिनमा दुलहीको मेकअपमा विशेषतः रातो रंग बढी प्रयोग गरिन्छ। रिसेप्सनमा भने रातो रंग नै प्रयोग गर्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ।

कपिलवस्तुमा विवाह पञ्चमी महोत्सवको रौनक (फाेटाेफिचर)

कपिलवस्तुमा पहिलो पटक विवाह पञ्चमी महोत्व धुमधामका साथ मनाइएको छ। त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक वर्ष जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ।

बालक्लव नै बालविवाहको माध्यम !

मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन्। उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन्।

शास्त्रमा परिणय सूत्र

हिन्दू धार्मिक परम्पराअनुसार जन्मदेखि मृत्युपर्यन्त मानिसका सोह्र संस्कार हुन्छन्। तीमध्ये गुरुकुलबाट समावर्तन (फर्कनु) पछि १५औं नम्बरमा पर्ने परिणय सूत्र (विवाह) संस्कारलाई महत्वपूर्ण मानिन्छ। गृहस्थ आश्रमको प्रवेशद्वार हो, विवाह संस्कार। ‘वह्’ धातुमा ‘वि’ उपसर्ग लागेर बनेको ‘विवाह’ शब्दले कुनै पनि व्यक्तिले ब्रह्मचर्य आश्रम पूरा गरी गृहस्थ आश्रम वहन गर्न सक्छ भन्ने बुझाउँछ।

विवाह सम्बन्ध र बुद्धका उपदेश

बौद्ध समाजमा दैनिक जीवनमा अपनाइने पञ्चशीलमा एउटा व्यभिचार नगर्नु पनि हो। यो शील भिक्षु–भिक्षुणीका सन्दर्भमा कुनै पनि प्रकारले यौनसँग सम्बन्धित कुरामा नलाग्नु भन्ने हुन्छ भने गृहस्थका सवालमा विवाहित जीवनसाथी बाहेक अन्यसँग सम्बन्ध नबनाउन भनिएको हो।

बेल विवाह

नेवार समुदायमा भने आदिमकालदेखि नै कन्याको इहि गर्ने चलनले गर्दा बालविवाहको आवश्यकता नरहेको र विवाहपछि श्रीमान्को मृत्यु भइसकेपछि पनि विधुवा हुनुनपर्ने प्रगतिशील संस्कारको विकास भएको पाइन्छ।

‘खेल्दाखेल्दै बुझ्छन् बिहेवारी’

बालबच्चालाई सानै उमेरदेखि भविष्यमा गर्नुपर्ने कर्म–संस्कार सिकाउँदै जानुपर्छ। बेल विवाहले कन्यालाई विवाहका बारेमा धेरै कुरा सिकाउँछ। खेल्दाखेल्दै उनीहरूले श्रीमान्, विवाहबारे बुझ्छन्। यसले पुरुषसँग घरजम गर्न कन्यालाई मानसिक रूपमा तयार गराउँछ।

‘विवाहको निम्ति ब्राडले दबाब दिए’

अभिनेत्री एन्जेलिना जोलीले आफ्नो र अभिनेता ब्राड पिटको डिभोर्सलाई लिएर आक्रोश पोखेकी छिन्। अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले विवाहको निम्ति अभिनेता पिटले दबाब दिएको बताएकी थिइन्।

शिल्पालाई तारेखमा बस्न आदेश

फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले अभिनेत्री पोखरेललाई तारेखमा बस्न आदेश गरेको थियो।

शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

भिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

सम्बन्ध विच्छेद र महिला

विवाह भएपछि सानातिना वादविवाद हुन सक्छन्। जसलाई आफैँ समाधान गर्नुपर्छ। यस्ता वादविवादको निष्कर्ष केवल सम्बन्ध विच्छेद बनाउनुहुँदैन।

पण्डितले अब नागरिकता हेरेर मात्र विवाह गराउने

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अदालतलाई ढाटेर दोस्रो विवाह गर्ने जोडीलाई थुनामा राख्न आदेश

जिल्ला अदालतले मान्यता दिएको दोस्रो विवाहको एक मुद्दा उच्च अदालतबाट बदर भएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमा सदर गरिदिएको नारायण महत र दुर्गा श्रेष्ठको दोस्रो विवाहको मुद्दा उच्च अदालतले बिहीबार बदर गरिदिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्