२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालविवाह न्यूनीकरणप्रति स्थानीय तह उदासिन

जुम्लामा सबैजसो स्थानीय तहमा बालविवाह भइरहेका छन्। तर बालविवाहको तथ्यांक कतै पाइँदैन। २० वर्ष मुनिका बालिका गर्भ चेक गराउन आउँदामात्र बालविवाह गरेको पहिचान हुन्छ।

बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।

पुस्तैपिच्छे बालविवाहको बदलिँदो रुप

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालविवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

अझै रोकिएनन् बालविवाह

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए।

अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्

जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाई न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ ज्योती पासवानले प्रेम गरिन्। र, प्रेम गरेको ‘अपराध’ मा महिनौं ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहिन्। अन्ततः आफ्नो प्रेमलाई जीवन्त राख्न आफ्नो प्राण त्याग गरिन्। भनिन्छ नि प्रेममा कोहि मर्छन्, कोहि बाँच्छन्। ज्योती मरेर आफ्नो प्रेमको ज्योतीलाई ज्वलन्त राखिन्।

इच्छा विपरीत विवाहको कुरा चलाएपछि...

विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका–८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन्।

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ। जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो।

विवाह र भोजभतेर संक्रमण फैलाउने कारण बन्दै

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा केही समयअघि एउटा विवाह सम्पन्न भयो । विश्वभर कोभिड–१९ को महामारी फैलिरहेका बेला सम्पन्न बिवाहपछि एन्टीजेन परीक्षण गर्दा सो विवाहमा सहभागी धेरैजसोमा संक्रमण देखियो ।

विवाह र भोजभतेरले निम्त्याउँदै कोरोना संकट

कोरोनाको दोश्रो लहर फैलिन थाल्दै गर्दा वैशाख पहिलोसाता गाउँगाउँमा विवाह, ब्रतबन्ध, भोजभतेर, पुजाआजा निकै नै चलेका थिए । सरकारले भीडभाड र जमघट तथा भोजभतेर नगर्न निर्देशन दिदाँदिँदै पनि गाउँमा बढि अटेर भएको थियो । त्यही अटेर अहिले गाउँमा कोरोना फैलाउने मुख्य कारक बनेको स्थानीय तहका पदाधिकारी बताउँछन् ।

विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीनको मृत्यु

बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्।

बालविवाह अन्त्यका लागि पैरवी कार्यक्रम

बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउन जनप्रतिनिधिलाई अग्रसर गराउन पैरवी कार्यक्रम राखिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रमले पाटन नगरपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो।

बालविवाह विरुद्ध किशोरी

सचेतना कक्षाबाट बालविवाहबाट हुने हानीनोक्सानीका बारेमा बुझेपछि बालविवाह लगायत सामाजिक कुसंस्कार विरुद्ध लाग्न सहज भएको शिवनाथ गाउँपालिका–५ की सोनिया पार्कीले बताइन्। अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जालको प्रभाव, कानुनी ज्ञानको अभावमा जिल्ला बालविवाह घट्न सकेको छैन।

बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिए।

बालविवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्