१३ आश्विन २०८१ आइतबार
image/svg+xml

विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।

विधिपूर्वक सम्पन्न भयो राम र सिताको विवाह

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित विवाह गरिदिएर मनाइएको छ।

उपराष्ट्रपतिद्वारा विवाह पञ्चमीको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावना अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन्।

यसरी मनाइयो विवाह पञ्चमीमा 'धनुष यज्ञ', हेरौँ तस्बिरमा

धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको थियो। मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाएको हो।

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन: आज धनुष यज्ञ

जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

नेपाल–भारत जनसम्बन्धको सेतु विवाहपञ्चमी

रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ।

विवाह पञ्चमी महोत्सवको दोस्रोदिनः आज फूलबारी लीला दर्शन

सिताले फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा 'फूलबारी लीला दर्शन' मनाउने गरिन्छ।

विवाह पञ्चमीको पहिलो दिन राम लक्ष्मण बनाएर 'नगर दर्शन'

आजदेखि विधिवत् रूपमा सुरु भएको विवाह पञ्चमीको पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको छ।

विवाह पञ्चमीको मुख्य दिन: दिउँसो स्वयम्वर सकियो, साँझ विवाह

दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पुर्‍याइएको थियो। सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो।

विवाह पञ्चमीमा श्रद्धालुको घुइँचो

विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन्।

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ।

विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा मनाउने तयारी

मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ। त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्