११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी मनाइयो विवाह पञ्चमीमा 'धनुष यज्ञ', हेरौँ तस्बिरमा

जनकपुरधाममा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको तेस्रो दिन ‘धनुष यज्ञ’ मनाइएको छ।

बिहीवार साँझ जानकी मन्दिर परिसरमा धनुष यज्ञको आयोजना गरिएको हो।

धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको थियो। मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाएको हो।

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताबीच विवाह भएको थियो। त्यसकै सम्झनामा रामजानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाइने गरिन्छ।

हेरौं तस्बिरमा धनुष यज्ञः

प्रकाशित: २९ मंसिर २०८० ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App