१३ आश्विन २०८१ आइतबार
image/svg+xml

टुरिजम प्रोडक्ट प्याकेजिङ एन्ड मार्केटिङ तालिम

इस्ट टुरिजम मार्ट–२०१८ लाई फलदायी बनाउन नेपाल पर्यटन बोर्डले प्रदेश १ भित्रका पर्यटन व्यवसायीलाई टुरिजम प्रोडक्ट प्याकेजिङ एन्ड मार्केटिङ तालिम दिएको छ ।

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतासाथ अघि सारेको बताएका छन् । गोकर्णेश्वर क्षेत्रका स्थानीय तथा सो क्षेत्रमा बसोबास गर्ने युवा र महिलाका लागि विशेष प्याकेजकै रुपमा ‘उद्यमशीलता कार्यक्रम’ ल्याएको उनको भनाइ छ।

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

धनकुटा नगरपालिकाले साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङ र र्याफ्टिङलाई एउटै प्याकेजमा जोडेर पर्यटन प्रर्वद्धन तथा विकासको अवधारणा अघि सारेको छ।

आन्तरिक पाहुनालाई ‘नयाँ प्याकेज’

पोखरामा आन्तरिक पाहुनाको आगमन बढाउन पश्चिमाञ्चल होटल संघले चार प्रकारका नयाँ प्याकेज सार्वजनिक गरेको छ । नेपाली नयाँवर्ष मनाउन पोखरा आउने स्वदेशी पाहुनालाई लक्षित गर्दै प्याकेज ल्याएको संघले जनाएको छ।

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रालिले प्राविधिक स्टारलिंगर एन्ड कम्पनीको सहकार्यमा एड स्टार लेमिनेटेड ब्याग्स एन्ड सिमेन्ट प्याकेजिङसम्बन्धी सम्मेलन गरेको छ । उक्त सम्मेलन दक्षिण एसियाकै ठूलो भएको कम्पनीको दाबी छ।

स्वेच्छिक अवकाश प्याकेज परिमार्जन हुने

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले परिमार्जन गर्ने संकेत गरेको छ । २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई ग्रेडसमेत थप गरी एकमुष्ठ ७ वर्षको पेन्सनसहित स्वेच्छिक अवकाश दिने कार्यक्रमलाई केपी ओली नेतृत्वको सरकारले परिमार्जन गर्ने भएको हो ।

स्वेच्छिक अवकाश प्याकेजमा कर्मचारीको न्यून आवेदन

स्वेच्छिक अवकाश रोज्न योग्य ५० वर्ष उमेर पूरा भएका र २० वर्ष सेवा अवधि पूरा गरेका २२ हजार कर्मचारीमध्ये कम्तीमा १२ हजार भन्दा बढीले अवकाश रोज्ने अनुमान गरे पनि त्यो भन्दा निकै कम संख्यामा आवेदन परेको छ।

प्याकेज सहमतिपछि मात्र सरकारमा

मन्त्रिपरिषद् विस्तारका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।

राष्ट्र बैंकमा कर्मचारीलाई ५ अर्बको बम्पर प्याकेज

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो ।राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षकअन्तर्गत भत्तामा साढे १८ प्रतिशतको वृद्धिसमेत समेटेको छ ।

रुस्लान भोड्का नयाँ प्याकेजिङमा

रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा बजारमा आएको छ। ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङमा भोड्का ल्याइएको कम्पनिले जनाएको छ। रुस्तालन जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि. को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. ली. द्वारा उत्पादित तथा वितरीत हो।

बाढीपीडितलाई ४ अर्बको राहत प्याकेज

प्रतिनिधिसभा तथा प्रदेशसभाका चुनावको ठीक अघि सरकारले बाढीपीडितको सहयोगका लागि ४ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।

बाढीपीडित कृषकका लागि एक अर्ब २५ करोडको राहत प्याकेज

कृषि विकास मन्त्रालयले तराईका बाढीपीडित कृषकका लागि राहत प्याकेज घोषणा गरेको छ।  मन्त्रालयले बाढी प्रभावित ३० जिल्लामा तत्काल एक अर्ब २५ करोड पाँच लाख ६० हजार रुपैयाँको राहत कार्यक्रम लैजाने जानकारी दिएको छ। तर यो कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ।

चिनियाँ ट्राभल एजेन्सीको प्याकेजबारे छानविन गर्न उपराष्ट्रपति कार्यालयको माग

चीनको एक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटाउने गरि नेपाल भ्रमण प्याकेज बनाएको भन्दै उपराष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ।

प्याकेज सहमतिलाई 'थप चार दिन'

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्याकेज सहमतिका लागि पुस २२ सम्म समय मागेपछि सत्तारूढ दल संविधान संशोधन प्रस्ताव तत्काल पेस नगर्ने टुंगोमा पुगेका छन्। संविधानमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग पूरा गर्ने भन्दै सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव एमाले आग्रहपछि कम्तीमा २२ गतेसम्म संसद्मा पेस नहुने सम्भावना देखिएको हो।

प्रधानमन्त्रीको नयाँ प्याकेज

नेपालका माओवादी कतिसम्म बिग्रिसके भने त्यसैका अध्यक्ष अहिले नयाँ नयाँ प्याकेज बनाएर उपभोक्तासामु आइरहेका छन्। उपभोक्तालाई चाहिने सामान पनि भिडाएका छन्, नचाहिने सामान पनि भिडाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्