१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।

प्रदेश प्रमुखलाई सुरक्षाकर्मी ‘सकस’

'बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो । यसो भन्नुमा उनको बाध्यता थियो– कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु । ‘मलाई त केही छैन, बिचरा यी बाबुहरू (सेना) लाई अहिले पनि उस्तै समस्या छ,’ मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, ‘सरकारका तर्पmबाट केही पनि व्यवस्थापन भएको छैन ।’

फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा राष्ट्रव्यापी आन्दोलन

शृंखलाबद्ध रूपमा कैदीबन्दीद्वारा आक्रमणका घटना बढ्न थालेपछि फ्रान्सेली करागार सुरक्षाकर्मीले देशव्यापी आन्दोलन सुरु गरेका छन् ।

सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदानस्थल पुग्दै

दुई दिनपछि हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री र सुरक्षा जनशक्ति जिल्लाका सबै मतदानस्थलमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरिका ९८ मतदान केन्द्रका २ सय ३३ स्थानमा चुनावका लागि चाहिने सबै सामग्री सम्बन्धित मतदानस्थलमा पठाइसकिएको जनाएको छ ।

निर्वाचनको लागि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था कडा, दुवै देशका सुरक्षाकर्मीको गस्ती

मंसिर २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षामा अति सम्वेदनशिल मानिएका नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ।

मनाङको नार पुगेका सुरक्षाकर्मी बिरामी

अरूतिर सुरक्षा र अस्वस्थ दलीय प्रतिस्पर्धाले निर्वाचनमा चुनौती थपिएका बेला हिमाली जिल्लामा भने भौगोलिक कारणले कठिनाइ भएको छ । उच्च हिमाली भेगमा निर्वाचन गराउन खटिएका कर्मचारी बिरामी पर्न थालेका छन् । अधिक चिसो र हाइ अल्टिच्युड उच्च हिमाली भेगको मुख्य समस्या भएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् ।

चुनावको लागि मनाङको नार पुगेका सुरक्षाकर्मी बिरामी

उच्च हिमाली भेगमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी चिसो मौसमका कारण बिरामी पर्न थालेका छन्। हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार गाउँमा निर्वाचन गराउन पुगेका सुरक्षाकर्मी बिरामी परेपछि फिर्ता ल्याउनु परेको छ।

‘दस मिनेट’ मै थप सुरक्षाकर्मी

निर्वाचन दौरान कुनै पनि सुरक्षा चुनौती आइपरेको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी थपिन सक्नेगरी व्यवस्थापन चुस्त पारेको सुरक्षा निकायले जनाएको छ । मोटर पुगेको ठाउँमा बढीमा १० मिनेटमा आवश्यक सुरक्षाकर्मी अवरोधस्थलमा पुगिसक्ने सुरक्षा अधिकारीको भनाइ छ।

लण्डन अक्सफाेर्ड स्टेसनमा गाेलीकाे अावाज, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब  स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

सुरक्षाकर्मी र कर्मचारीको मताधिकारबारे आयोगले नै विचार गरोस् : सर्वोच्च

सर्वोच्च अदालतले सुरक्षाकर्मी र कर्मचारीको मताधिकारबारे आयोगले नै विचार गर्नुपर्ने ठहर गरेको छ ।

भारतीय सुरक्षाकर्मीद्वारा पत्रकार चन्द्रकिशोरमाथि दुर्व्यवहार

मधेसका पत्रकार चन्द्रकिशोरलाई नेपाल—भारत सीममा परिचालन भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सुरक्षाकर्मीले दुव्र्यवहार गरेका छन्। छठ पर्व मानेर पुख्र्यौली गाउँ सर्लाहीको बलराबाट वीरगन्ज फर्किने क्रममा हतियारधारी भारतीय सुरक्षाकर्मीले उनीमाथि दुव्र्यवहार गरेका हुन्।

झडपमा ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

काएरो नजिक विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । ‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ ।

‘सुरक्षाकर्मी नै सहयोगी’

नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ । जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोस्ट छन् ।

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी (भिडियो)

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्। पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।

कैलाली घटनाका दोषीको मुद्दा फिर्ताले सुरक्षाकर्मीको मनोबल गिरायोः एमाले

एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल घटाउने निष्कर्ष एमालेले निकालेको छ। एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भन्दै आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्