मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण
आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् ।
आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तिमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तासँगै गृह मन्त्रालयले पहिलो चरणको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ। फागुन १८ मा गृहले निर्वाचनअघि, मतदान र मतदानपछि गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी तीन चरणको सुरक्षा योजना बनाएको थियो।
प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ ।
एमालेको मेची(महाकाली अभियान बिथोल्ने प्रयसा गरिरहेको मधेसी कार्यकर्तासँग प्रहरीको झडप भएको छ। नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा दुई पक्षबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडप भइरहेको स्थान एमालेको मेची-महाकाली अभियानको सभा भइरहेभन्दा ७ किलोमिटर पश्चिम हो।
भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्ध हुने खेलका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रतियोगितामा पाँचौं चरणमा केन्याविरुद्ध नेपालले शनिबार र सोमबार एकदिवसीय खेल खेल्नेछ।
संविधान निर्माण प्रक्रियासँगै विपरीत ध्रुवमा रहेका एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भिडन्तको अवस्थामा पुगेका छन्। संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित एमालेले सुरु गरेको १५ दिने मेची–काली राष्ट्रिय अभियानलाई मोर्चाले बिथोल्ने गरी विभिन्न कार्यक्रम घोषणा गरेपछि परिस्थिति असहज बन्ने सम्भावना बढेको हो। झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान दोस्रो दिन सुनसरीको इटहरी र मोरङको विराटचोक आइपुगेको छ। अभियान सोमबार मधेस आन्दोलनबाट सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर २ प्रवेश गर्दैछ। एमालेको अभियान बिथोल्न सो क्षेत्रमा मोर्चा सम्बद्ध दलले चक्काजाम लगायत कार्यक्रम आह्वान गरेका छन्।
केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरेको छ।
कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीहरुमा इमानदारिता आवश्यक रहेको बताएका छन्। राज्यले तोकेकोभन्दा बढी राजस्व संकलन गर्न र सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न सुरक्षाकर्मी र कर्मचारीमा इमानदारिता हुनुपर्ने बताएका छन्।
कानुन कार्यान्वयन गर्ने निकायका वरिष्ठ अधिकृतहरूको एसिया सम्मेलन बुधबारबाट काठमाडौँमा आयोजना हुँदैछ। बुधबारदेखि आयोजना हुन लागेको तीन दिने इन्टरपोल अर्थात् अन्तर्राष्ट्रिय प्रहरी संगठनको नेपाल बैठकले नेपाललाई फेरि एक पटक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत मिल्ने देखिन्छ।
नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीबीच खुकुरी हानाहान भएको छ । प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ ।
भारत प्रशासित कश्मिरमा पुलवामा जिल्लाको एक प्रहरी चौकीबाट प्रहरीको हतियार लुटिएको छ। भारतीय संचारमाध्यमका अनुसार पुलवामा जिल्लाको अल्पसंख्यक सुरक्षा चौकीमा तैनाथ प्रहरीको हतियार शनिबार आतंकवादीले लुटेका छन्।