१७ असार २०८१ सोमबार
image/svg+xml

धनगढी र सत्यवती एकेडेमी फाइनलमा

घोडाघोडीले दिएको ८९ रनको सामान्य लक्ष्य धनगढी स्पोर्ट्सले सात विकेट गुमाउँदै १६.२ ओभरमै पूरा गर्दा युथ अफ टीकापुरले दिएको एक सय ११ रनको लक्ष्य सत्यवतीले १७.२ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्‍यो।

लोटस आईलाई एलपिएल उपाधि

कैलालीको धनगढीमा सम्पन्न फाप्ला क्रिकेट मैदानमा सत्यवती एकेडेमीले प्रस्तुत गरेको ९२ रनको लक्ष्य लोटसले ११.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

सत्यवती एकेडेमीलाई एलपीएलको उपाधि

विद्याभूषण पब्लिक स्कुल गेटालाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपटक जितेको हो।

धनगढी मेयर एलपिएलः शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत सोमबार भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन्।

धनगढी मेयर एलपिएल: एभरेष्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा अत्तरियाको एभरेष्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्।

लिटल फ्लावर प्रिमियर लिग को ट्रफि सार्वजनिक

भोली फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को शुक्रवार ट्रफि सार्वजनिक गरिएको छ । विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल संचालन हुने धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेलमैदानमा शुक्रवार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले ट्रफि सार्वजनिक गरेको हो । देशभरका १६ बिद्यालयको सहभागी रहने प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन । लिक कम नक आउटमा खेलाइने प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने छन ।

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक

फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो।

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगः तयारी अन्तिम चरणमा

धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ विद्यालय स्तरीय यु १९ क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्