९ आश्विन २०८१ बुधबार
image/svg+xml

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ। राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

आन्तरिक राजस्व कर्यालय भरतपुर चितवनले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख ४ हजार बढी राजस्व संकलन गरेको छ।

राजस्व परिचालनमा ब्रह्मलुट

मुलुकमा सुशासन कायम हुन नसक्दा लोकतान्त्रिक पद्धति नै अवरुद्ध हुने कुरामा दुई मत नरहला । हाम्रो सन्दर्भमा द्वन्द्वपश्चात् राजनीतिक सुधारका थुप्रै प्रयास भए र केही सकारात्मक नतिजा समेत देखियो । तर आर्थिक संरचनाहरू राजनीतिक तहबाटै कमजोर तुल्याइयो । फलस्वरूप सर्वसाधारण जनताको आर्थिक सेवासुविधामा अपेक्षित सुधार हुन सकेन । पछिल्लो समयमा उठेका केही आर्थिक मामिलाहरू विशेषतः पुँजीगत लाभकर, कर फछ्र्यौट आयोगबाट भएका अनियमितता, आयल निगमको जग्गा खरिद प्रकरण, नेपालमा कर छलेका कुराहरूले गर्दा मुलुकमा भ्रष्टाचार व्यापक बढ्न गएको छ भने अर्कोतर्फ राज्यले प्राप्त गर्नुपर्ने राजस्व चुहावटमा समेत बल पुग्न गएको छ ।

वीरगन्ज भन्सारबाट साढे ६० अर्ब राजस्व

वीरगन्ज भन्सार कार्यालयले अनुमानित लक्ष्यलाई पछ्याउदै चालु आर्थिक बर्ष २०७४÷०७५ को आधा अवधी साउनदेखि पुस सम्ममा ६० अर्ब ५० करोड २३ लाख ८७ हजार रुपैया कुल राजस्व उठाएको छ। ६२ अर्ब १२ करोड ५ लाख १६ हजार राजश्व असुलीको लक्ष्य लिएको कार्यालयले लक्ष्यको साढे ९७ प्रतिशत राजस्व उठाउन सकेको हो।

६ महिनामा १४ अर्ब राजस्व

बाढीले भाँसिएको भारतीय पुलले विराटनगर भन्सार कार्यालयको प्रभावित भएको राजस्व असुली पछिल्लो चार महिनामा लय समातेको छ । साउनको अन्तिम साताको बाढीले सीमावर्ती जोगबनी–बथनाहाको मध्यभागमा रहेको मीरगञ्ज पुल भाँसिदा साउन र भदौमा राजस्व असुली प्रभावित भएको थियो ।

दबाब र प्रभावमा राजस्व ब्रह्मलुट

सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैंले दिएको पोसाक लगाएर कार्यालय गए वापत प्रोत्साहन भत्ता पाउँछन् । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

इन्धनबाट पौने १६ अर्ब राजस्व

इन्धन कारोबारबाट नेपाल आयल निगमले सरकारलाई पौने १६ अर्ब रुपैयाँ राजस्व तिरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गरेर बिक्री गर्दा निगमले आर्थिक वर्षको पहिलो पाँच महिनामा सो रकम बराबर राजस्व बुझाएको हो ।

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ।  भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो।

तेस्रो महिनामा राजस्व लक्ष्य पूरा

सरकारले चालु आर्थिक वर्षमा राजस्व असुलीको लक्ष्य महत्त्वाकांक्षी राखे पनि असोजमा आउँदासम्म फेला पारेको छ । सुरुका दुई महिना राजस्व असुली लक्ष्यभन्दा तल थियो। सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यो गत वर्ष (पाँच खर्ब ६५ अर्ब) को तुलनामा २९ प्रतिशतभन्दा बढी हो।

राजस्व छुट हिनामिना प्रकरण : शर्मा र खड्काले म्याद बुझे

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा अभियुक्तद्वय कर फस्र्योट आयोगका पूर्वसदस्य चूडामणि शर्मा र लुम्बध्वज खड्काले विशेष अदालतको म्याद बुझेका छन् ।

१७ लाख राजस्व संकलन

भोजपुर नगरपालिकाले यस आर्थिक वर्षको तीन महिनामा १७ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । तीन महिनामा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित  १७ लाख २१ हजार २८६ रुपैंया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

भन्सार राजस्व छली

भारतले जिएसटी लागू गरेपछि नेपाली पक्षले यसका विविध पाटोमा केन्द्रित रही अध्ययन गरेर रणनीति बनाउने र त्यसको कार्यान्वयन गराउनेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ । नत्र राज्यले अर्बौं राजस्व गुमाउने अवस्था आउनेछ ।

जिएसटी प्रभाव : भन्सार राजस्व छली बढ्यो

एकथरी व्यवसायीले जिएसटी बिलमा सामान किनेको मूल्य कम देखाएर राजस्व छलेका छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेका छन्।

लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

कञ्चनपुर जिल्ला भन्सार कार्यालय गड्डाचौकीले लक्ष्य भन्दा सात करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा भन्सारले निर्धारण गरेको लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो ।

राजस्वका महानिर्देशक शर्मा पक्राउ

भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्