२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वविद्यालयलाई बन्दाबन्दीले देखाएको विकल्प

निःसन्देह कोभिड–१९ संकटले हामी उभिएको आर्थिक भूमिमा तीव्र र दीर्घकालीन परिवर्तन ल्याउनेछ। तर, यो महामारीले थप उत्तम र व्यापक उच्च शिक्षातिर हामीलाई डो¥याउ“छ भने यसबाट डराइरहनुपर्ने कुनै कारण छैन।

वधायन व्यवस्थापन समितिमा आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल

आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन् ।

डेढ करोड खर्चेर बनाइयो प्रशासन तथा पुस्तकालय भवन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनमा डेढ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरिएको छ ।

के हुन्छ त्रिविका सेमेष्टर प्रणालीको परीक्षा ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ। सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका परीक्षा ६ महिना पछाडि धकेलिन सक्ने

कोरोना त्रासका कारण चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीले त्रिभुवन विश्वविद्यालयको सबै नियमति परीक्षाहरु प्रभावित भएका छन्। जसका कारण विश्वविद्यालयमा परीक्षा दिने तयारीमा रहेका ७ लाख बढी विद्यार्थीहरुको भविष्य अनिश्चित बनेको छ।

आइओएमको डिनमा डा. दिव्यासिंह नियुक्त

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा. दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन् ।

त्रिवि नियम विपरित डिन सर्च कमिटी, सेवामै नभएकालाई संयोजक

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलेनै त्रिवि ऐननियम विपरित गएर डिन नियुक्तिको लागि सर्च कमिटी गठन गरेका छन्। त्रिवि कार्यकारी परिषदले जेठ २१ गते गठन गरेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन सर्च कमिटी र चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन सर्च कमिटी दुबै त्रिवि ऐन नियम विपरित रहेको खुलेको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ। जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो।

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

लकडाउनमै त्रिवि पदाधिकारी नियुक्तिका लागि चलखेल

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अदालतको आदेशविपरीत त्रिवि वनविज्ञान अध्ययन संस्थान, पोखरा क्यामपसको क्याम्पस प्रमुख नियुक्ति गरेका छन् । पाटन अदालतले ०७६ फागुन २७ गते नै विश्वविद्यालयले त्रिवि पदाधिकारीले नियमविपरित क्यम्पास प्रमुखमा सहप्रध्यापक रामप्रसाद शर्मालाई नियुक्ति गरेको भन्दै परेको रिटमा पाटन अदालतले नियुक्ति प्रक्रिया र नियमविपरीत भएको भन्दै काम नर्गन गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

अस्तव्यस्त बन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय: कामुले नै दिन थाले कामु

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ।

ज्याला नदिए आन्दोलन गर्ने त्रिवि आंशिक प्राध्यापकहरूको चेतावनी

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक कलेजहरूमा कार्यरत आंशिक शिक्षकहरूले तलब र ज्याला नपाए आन्दोलनमा उत्रिने जनाएका छन्। पाँच महिनादेखि तलब नपाएको जनाउँदै विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको दैनिक गुजारामा सरकार तथा विश्वविद्यालय उदासीन रहेको आरोप लगाएका हुन्।

त्रिभुवन विश्वविद्यालयद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सबै तहका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

लकडाउनको समय सदुपयोग गर्न त्रिवि अनलाइनमा

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग तथा प्रध्यापकहरु आफैले पहल गरेर लकडाउनको सयम सदुपयोग गर्दै दोहोरो रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विश्वविद्यालयका उपकुलपति कार्यालयका उप्रशासक विष्णुप्रसाद अर्यालले भने चैत्र १४ गतेदेखि सेवा आयोगका परीक्षार्थीलाई सहयोग पुग्ने गरी अनलाइन कक्षा सञ्चालन गरेका छन्।

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले अहिलेको अवस्थामा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्