२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फागुनमा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुनमा नहुने भएको छ। फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ। त्रिविले फागुनमा निर्वाचन गर्ने भने पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो। २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो।

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ। बुधवार नेकपानिकट विद्यार्थीको कालोमोसो दलेको हो। त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन्।

भाटभटेनीले टिचिङमा अर्को भवन बनाइदिने

दस वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको भाटभटेनी सुपरमार्केटले सोही अस्पतालमा अर्को भवन बनाइदिने भएको छ। अस्पतालको आकस्मिक कक्षसँग जोडिएको स्थानमा भाटभटेनीले नौतले भवन बनाउने तयारी गरेको अस्पताल प्रशासनले जनाएको हो। यस विषयमा भाटभटेनीसँग लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले बताए।

पूर्वाञ्चल विश्वविद्यालयको नियुक्ति स्थगत गर्न नेकपाको माग, प्रमकाे ध्यानाकर्षण

प्रक्रिया मिचेर सह रजिष्ट्रार र दुई सहायक डिन नियुक्ति गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा जारी आन्दोलन चर्किँदै गएको छ। विश्वविद्यालयको कार्यकारी परिषदले कात्तिक २७ गते सह रजिष्ट्रारमा राजेश झा, सहायक डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्त गरेको थियो। परिषदमा ५ जना रहने व्यवस्था भए पनि अहिले २ जना (उपकुलपति र रजिष्ट्रार) मात्रै छन्।

सुपर कम्प्युटरले काम पाएन

छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो। मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो बेकामे बनेको छ। अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ।’

विद्यार्थी पक्राउ गरिएकोप्रति अमेरिकासँग भारत आक्रोशित

नक्कली विश्वविद्यालयमा भर्ना भएको भन्दै संयुक्त राज्य अमेरिकामा आफ्ना १२९ विद्यार्थी पक्राउ परेपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अवैध आप्रवासनलाई लक्षित गर्दै अमेरिकी अधिकारीहरुले एउटा नक्कली विश्वविद्यालय खडा गरेका थिए। सोही विश्वविद्यायमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको हो।

प्रोत्साहन भत्ताका नाममा करोडौं खर्च

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले प्रोत्साहन भत्ताका नाममा करोडौं रकम खर्च गरिरहेको पाइएको छ। त्रिवि केन्द्रीय कार्यालयले बिनाआधार कार्यान्वयनमा ल्याएको प्रोत्साहन भत्ता दिने व्यवस्थाको दुरुपयोग गर्दै मनोमानी रूपमा रकम बाँडेर पदाधिकारीहरू त्रिविलाई तहसनहस बनाउन उद्यत् देखिएका छन्। यसबाट त्रिविमाथि ठूलो आर्थिक शोषण भइरहेको विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको आरोप छ।

स्ववियु निर्वाचन मिति चाँडै तोकिने

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए। केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले स्पष्ट पारे। ‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘चाँडै त्रिवि कार्यकारी परिषद्को बैठकले मिति तोक्नेछ।’

विश्व बैंकको उच्चशिक्षा कार्यक्रम

देशमा हाल सबैको ध्यान चिकित्सा शिक्षा विधेयकले खिचिरहेको अवस्थामा उच्च शिक्षाका अन्य आयाममा प्रस्तुत लेख केन्द्रित छ। विश्व बैंकको आर्थिक सहयोगमा दुई दशकअगाडि त्रिभुवन विश्वविद्यालयमा पहिलो उच्चशिक्षा सुधार परियोजना सुरु भएको थियो। जसअनुसार त्रिवि, विश्वविद्यालय क्याम्पसमा केही भवन निर्माण भएका थिए र विज्ञानका कार्यक्रमका लागि केही वैज्ञानिक उपकरण आएका थिए। त्रिविमा स्नातकोत्तर कार्यक्रम सुरु भएको करिब ३० वर्षपछि थालिएको उक्त परियोजनाले कक्षा कोठामा सुधार ल्याए पनि अध्ययन÷अध्यापनको शैली र अनुसन्धानका क्षेत्रमा केही प्रगति गर्न सकेन।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘लोकवार्ता’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमै पहिलो पटक लोकवार्ता विषयको अध्यनपन सुरु गरेको छ। मानवीकी तथा समाजशास्त्र संकायले स्नाकोत्तर तहमा लोकवार्ता विषयको अध्यापन सुरु गरेको हो।

पूर्वाञ्चल विश्वविद्यालयकाे सहायक रजिष्ट्रार र डिन नियुक्ती बदर गर्न माग

पूर्वाञ्चल विश्वविद्यालयमा गैर कानुनी रुपमा सह रजिष्ट्रार र सह डिनको नियुक्ती गरिएको भन्दै बदर गर्न माग गरिएको छ।

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीद्वारा तोडफोड

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आइतबार भएको भौतिक शास्त्र स्नातकोत्तर विषयको आंशिकतर्फका परीक्षार्थीहरु पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको भन्दै परीक्षा बहिष्कार गरेका छन्।

एकीकृत बस्तीदेखि प्रदेश विश्वविद्यालयको प्रस्ताव

प्रदेश ३ सरकारले एकीकृत बस्तीको लागि जग्गा उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश राजधानी हेटौंडामा आईतबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

त्रिविकाे व्यवस्थापन संकायमा हालसम्मकै उत्कृष्ट नतिजा

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायकाे स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा ८२ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्