२० आश्विन २०८१ आइतबार
image/svg+xml

विप्लवका ३ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जिल्लास्तरीय कार्यकर्ता पक्राउ परेका छन्। अघिल्लो साँझ एक बालक गम्भीर घाइते हुनेगरी शक्तिशाली बम विष्फोट भएको घट्नालाई लिएर सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरु दुवैजना जिल्ला कमिटी सदस्य भएको बताइएको छ।

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

५० लाखसहित दुई पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो।

जात्रा विथोल्न खोज्ने पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको विस्केट जात्रालाई विथोल्न खोजेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।

रेड पाण्डाको छाला सहित दुई पक्राउ

प्रहरीले रेड पाण्डाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। बाजुरा स्वाभिकार्तिक गाउँपालिका–२ घर भई काठमाडौं मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँबानेश्वर बस्ने २३ बर्षीय सुशील शाहीलाई १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो।

चिनी मिलका अधिकारी पक्राउपछि भुक्तानी सुरु

उखु किसानको भुक्तानी नगर्ने इस्टर्न सुगर मिलका वित्त प्रबन्धक वृजमोहन गुप्ता पक्राउ परेपछि उक्त मिलले उधारो उखुको पैसा भुक्तानी सुरु गरेको छ । भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई सुनसरी प्रहरीले सोमबार पक्राउ गरेको थियो।

घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।

आफ्नै छोरालाई २० वर्ष पिँजडामा राखेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरालाई २० वर्षदेखि काठको पिँजडामा राखेको आशंकामा जापानको प्रहरीले एक ७३ वर्षीय बाबुलाई पक्राउ गरेको छ।

५ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बूढानीलकण्ठ नगरपालिकाको प्रमुख लीला अधिकारीसहित एक इन्जिनियरलाई पाँच लाख घुससहित पक्राउ गरेको छ।

उखुको भुक्तानी नगर्ने चिनीमिल सञ्चालक पक्राउ

उखु किसानको भुक्तानी नगर्ने इस्टर्न सुगर मिलका सञ्चालक बृजमोहन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

आठ महिनाकी छोरी बलात्कार गर्ने बाबु पक्राउ

नवलपरासीमा आठ महिनाकी छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुलाई प्रहरीले म्याद थप गरि अनुसन्धान सुरू गरेको छ।

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्ग्लिसलाई पक्राउ गरेको हो।

विद्यार्थी नेता पक्राउ

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीको गाडी तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष बिबेक आचार्यलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्