२० आश्विन २०८१ आइतबार
image/svg+xml

निरभ मोदीलाई पक्राउ गरिदिन हङकङलाई भारतको आग्रह

राज्य सञ्चालित पञ्जाब राष्ट्रिय बैंकको दुई अर्ब ८० करोड अमेरिकी डलर ठगीका मुख्य संदिग्ध हीरा व्यापारी निरभ मोदीलाई पक्राउ गरिदिन भारतले हङकङसमक्ष आग्रह गरेको छ।

जबरजस्ती करणी गर्ने झा पक्राउ

ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

१ लाख घुससहित दुई प्राविधिक पक्राउ

सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयले शुक्रबार दुईजना प्राविधिकलाई नगद सहित पक्राउ गरेको छ।

लुटपाट गर्ने दुई पक्राउ

लुटपाटमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अटो रिक्सा चालकबाट ३० हजार नगद र मोबाइल सेट जबर्जस्ती खोसेर लगेको आरोपमा बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय ज्ञानु पौडेल र सोही ठाउँका सुरज भनिने प्रकाश थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित दुई पक्राउ

सुनसरीमा अलग–अलग स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बुधबार राति ९.३० बजे सुनसरी कोशी गाउँपालिका वडा नं. ७ मा प्रहरीले चेकजाँच गर्दा इटहरी वडा नं. ३ का ३१ वर्षीय दिपक राय लागूऔषधसहित पक्राउ परेका हुन् ।

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

एआईजीकी श्रीमती बनेर प्रहरीमा जागिर लगाइदिने र जर्नेलको पीए हुँ भन्दै सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर करोडभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्।

लागूऔषध, सुन र गोलीसहित युवक पक्राउ

लागुऔषध, सुन र गोलीसहित लहान प्रहरीले बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ। सिरहाको कल्याणपुर नगरपालिका–१ चत्तरी टोलका २८ वर्षीय मोहम्मद सजाबुल शेखलाई प्रहरीले पक्राउ गरेको हो।

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

उदयपुर प्रहरीले भारी परिमाणको लागूऔषधसहित बुधबार ३ युवालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्तास्थित प्रहरी चौकीनजिकै चेकजाँचको क्रममा झण्डै हजार एम्पुल लागूऔषधसहित स्थानीय युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बलु हत्याका सुटर पक्राउ

रुपन्देहीको देवदहका बसन्त पौडेल ‘बलु’ हत्याका मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजङ्गको भोर्लेटार घर भई पोखरा महानगरपालिका १० रामबजार बस्ने २२ बर्षीय बिबेक भनिने सुभाष गुरुङ्ग छन्। गुरुङले १ लाखको सुपारीमा पौडेललाई गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। गुरुङलाई प्रहरीले मंगलबार पोखराबाटै पक्राउ गरी बुधबार बुटवलमा सार्वजनिक गरेको हो।

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अभिनेत्रीको अश्लील सीन खिचेर दुरुपयोग गर्ने निर्देशक पक्राउ

अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोपमा भोजपुरी फिल्मी उद्योगका निर्देशक उपेन्द्र कुमार वर्मालाई प्रहरीले पक्राउ गरेको छ। २८ वर्षीय एक अभिनेत्रीको वाथटबको अश्लील सिनहरु अनुमति विना सामाजिक सञ्जाल युट्युब र पोर्न साइटहरुमा अपलोड गरेको आरोपमा मुम्बई प्रहरीले वर्मालाई सोमबार पक्राउ गरी हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार मलगंवा ८ बाट समातिएका २६ वर्षीय बैठाले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको सदस्य भन्दै मेयर प्रसाईंसँग २५ लाख फिरौती मागेका थिए।

हतियारसहित एक पक्राउ

रौतहट प्रहरीले अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । स्थानीय गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका ५० बर्षिय जोगेन्द्र सहनीलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्