२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतीय सेनाध्यक्षको उपहार ७ घोडा

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले बुधबार जंगी अड्डामा उन्नत प्रजातीका सातवटा घोडा हस्तानान्तरण गरेका हुन् ।

प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

प्रधानसेपति राजेन्द्र क्षेत्री र भारतका स्थल सेनाध्यक्ष जर्नल विपिन रावतबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

शृंखला जित्दा भारतको हैसियत कायम

भ्रमणकारी अस्ट्रेलियामाथि मंगलबार चौथो टेस्टमा ८ विकेटको जित हासिल गर्दै शृंखला २–१ को नतिजामा जितेर भारतले विश्व टेस्ट वरीयतामा १ नम्बरको हैसियत कायम राखेको छ।

उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरीबीच भेट

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ।

भारतीय सेना प्रमुख काठमाडौंमा, मानार्थ महारथि प्रदान गरिने

भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावत भारतीय हवाई सेनाको बिशेष विमानबाट केही समय अघि काठमाडौं ओर्लिएका छन्। नेपाल–भारत सैन्य परम्पराको निरन्तरताका लागि रावत नेपाल आएका हुन्।

शृंखला विजयतर्फ भारत

अलराउन्डर रविन्द्र जडेजाले चौथो टेस्टको तेस्रो दिन बलिङ र ब्याटि्ङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारत अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलामा जिततर्फ लम्किएको छ। सबैभन्दा धेरै ६३ रन बनाउँदै पहिलो इनिङमा भारतलाई ६३ रनको अग्रता दिलाएका बायाँ हाते स्पिनर जडेजाले दोस्रो इनिङमा ३ विकेट लिन सफल भए।

प्राकृतिक ग्यास ल्याइदिन भारत सहमत

छिमेकी भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइनसमेत निर्माण गरिदिन सहमत भएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँदिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो।

ओलीले भारतीय राजदूतलाई सुनाए संविधानका उपलब्धि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

भारतीय राजदूतले ओली भेटे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। नेपालका लागि भारतीय राजदूत पुरीले आइतबार ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजनीतिक भेटघाट सुरु गरेका हुन्।

भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँच

भारतीय गुप्तचर एजेन्सीहरुको चासोमा त्यहाँका बन्दरगाहहरुमा भित्रिने विदेशी कागर्ोेलाई सघन चेकजाँच गर्न थालिएको छ। यस्तो खाले चेकजाँचले गर्दा विभिन्न देशबाट नेपालका लागि सामान बोकेर आएका विदेशी कार्गोहरु कोलकतास्थित बन्दरगाहबाट तीन दिनसम्म रोकिन पुगेको थियो।

नेपाल-भारत सीमाबारे रिट

नेपाल–भारत खुला सीमाका कारण नेपालीले समय–समयमा समस्या झेल्नुपरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

भारत 'सीमित' भारु साट्न तयार

भारतले हरेक नेपालीबाट ४ हजार ५ सयसम्म प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव नेपालसमक्ष राखेको छ। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग आइतबार भएको छलफलमा भारतीय पक्षले ४ हजार ५ सय भारुभन्दा माथि साट्न नसकिने जनाउसमेत दिएको छ।

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी: बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले संविधान संशोधन गरेर असन्तुष्ट मधेसी, जनजाती थारु लगायतमा माग सम्बोधन गर्दै निर्वाचन गरिनुपर्ने बताएका छन्।

भारतीय एसएसबीले हत्या गरेका साह परिवारलाई १० लाख दिइने

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ६ वर्षअघि हत्या गरेका मोरङका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मान गर्ने भएको छ।

नयाँ भारतीय राजदूत सिंह काठमाडौं आए

नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। शनिबार बिहान काठमाडौं आइपुगेका पुरीले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्