२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लैनचौरमा ‘चिठी आएन’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राजधानीको लैनचौरस्थित भारतीय राजदुतावासमा बलिउड गायिका कविता कृष्णमूर्ति गुञ्जिएकी छन् । भारतीय महिला संघले गत शुक्रबार आयोजना गरेको कार्यक्रममा गायिका कवितासँगै उनका भायोलिन वादक पति डा. एल. सुब्रमण्यम प्रस्तुत भए।

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।

शनिबार हराएको गोरखनाथको मूर्ति एपीएफ टोलीद्वारा फेला

काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति एपीएफ टोलीले आज फेला पारेको छ।

५ देशका मूर्तिकार मोरङमा, पार्क निर्माणमा व्यवसायी पुरीको १५ लाख सहयोग

करिव ५० वटा मूर्तिहरु निर्माण गरिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी फागुन २१ सम्म चल्ने आयोजक धन आर्ट स्टुडियोले जनाएको छ। कार्यशालामा राखिने मूर्ति निर्माणका लागि ६ देशका ३० जना मूर्तिकार यतिबेला बेलबारीमा रहेको सिर्जना पार्कमा धमाधम मूर्ति निर्माण गरिरहेका छन्।

प्राचीन मूर्ति संरक्षणमा मूर्तिकला सिकाइ

अमित लामा साम्बुलिङ गुम्बाका लामा हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २० नयाँबजारका उनी बौद्ध धर्म बारे अध्ययन गरेर लामा बनेका हुन्। उमेरले २१ वर्षमा हिँड्दै गरेका अमितमा लामा कामसँगै मूर्ति बनाउने कलामा पोख्त हुने चाहना छ। बुद्धका मूर्ति पुज्ने कामसँगै मूर्ति बनाउन पनि सिक्ने इच्छा पुरा गर्न यतिबेला तालिममा व्यस्त छन्।

विदेशबाट फिर्ता भएका मूर्तिहरू प्रदर्शनीमा

गत चैतमा अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयबाट फिर्ता भएका नेपालबाट हराएका १२ औं र १७ औं शताब्दीका बुद्ध र उमामहेश्वरका मूर्तिहरू छाउनीस्थित राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएका छन्।

गाउँपालिका उपाध्यक्षनै मूर्ति तस्करीमा संलग्न

डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।

बाैद्ध मूर्ति चोरीको आशंकामा तीन जना पक्राउ

डोल्पाका विभिन्न स्थानमा रहेका प्राचिन ऐतिहासिक बौद्ध गुम्बाहरुका मूर्तिहरु चोरीको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

भत्काइए ५० घरटहरा

मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत नयाँरोड–बरहथवा सडकखण्डभन्दा पश्चिमतर्फ धरहरामा आफ्नो जमिन अतिक्रमण गरेको भन्दै सागरनाथ वन विकास परियोजनाले सर्वसाधारणका ५० घरटहरा भत्काएको छ।

चोभार डाँडामा उभिँदै मञ्जुश्री

ऐतिहासिक पात्र मञ्जुश्री चोभारको डाँडामा उभिएका छन्। चित्र र कल्पनामा रहेका मञ्जुश्रीलाई अब मानिसले भौतिक रुपमै भेट्न पाउने छन्। उनको अग्लाई उचाइमा मात्र हैन, ऐतिहासिक रुपमा पनि उचो छ। यहाँ मूर्तिकार चन्द्रश्याम डंगोलले झण्डै ६ वर्षदेखि मेहनतबाट ३३ फिटको मञ्जुश्रीको मूर्ति तयार पारेका छन्।

‘फेसबुक लाइभ’ डाक्टर

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका छन्, जसले उनको  चर्चा अझ चुलिएको छ।

‘जाडोमा हुन सक्छ हृदयाघात’

कुनै न कुनै कारणले हामी सबै मुटुरोगको जोखिममा छौं। पहिल्यै मुटुरोगको जोखिममा रहेकाहरूका लागि त जाडो मौसम झनै जोखिमपूर्ण मानिन्छ। जाडो मौसममा मुटुरोगबाट कसरी बच्ने ? यस विषयमा नागरिक दैनिककी पवित्रा सुनारले काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग कुराकानी गरेकी छन् :

विश्वकर्मा र देवी मूर्ति बनाउन तीन महिना खट्छन् कालिगढ

तीन महिनादेखि मूर्ति बनाउन जुटेका २५ वर्षिय भुवनकुमार पण्डित फुर्सदिलो भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ राधेमाईका उनी पछिल्लो तीन महिना मूर्ति बनाउनकै लागि काठमाडौं र चितवनमा बसे । विश्वकर्मा बाबा र नवदुर्गा पूजाका लागि मूर्ति बनाउन खटिए । घटस्थापनाको दिनसम्म मूर्ति बिक्री गरेपछि उनको काम सकियो।

देवीका मूर्ति बनाउन भारतबाट कालिगड

तरार्इका जिल्लामा दशैंका लागि भगवान दुर्गाको मूर्ति बनाउन नेपालमा कालिगड अभाव भएकाले भारतबाट मगाइएकाे छ।

मूर्ति कुँदेरै मालामाल

सानैदेखि चित्र कोर्नमा सौखिन पर्वत कुश्माको गोदामका प्रकाश नेपाली आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्