२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतमा स्वागत गर्न आतुर छु : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगंज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन्।

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीको निजी सचिवालयले जनाएको छ।

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई

पाकिस्तानलाई २ विकेटले पराजित गर्दै भारतले दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि जितेको छ। युएईमा शनिबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ गुमाई भेट्टायो।

भारतको पश्चिम बङ्गालमा बस दुर्घटना, सातको मृत्यु

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

भारतीय २० सांसदको पद खारेजका लागि सिफारिस

भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ।

‘इजरायल र भारत दुवैमाथि अतिवादीको चुनौती’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र भारत दुवैले मुसलमान अतिवादीको चुनौती सामना गरिरहेको बताएका छन् ।प्रधानमन्त्री नेतान्याहुले दुवै प्रजातन्त्रवादी देशले मुसलमान अतिवादीद्वारा हुने हानीविरुद्ध सुरक्षा साझेदारीलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरिरहेको सुरक्षासम्बन्धी एक सम्मेलनमा बताएका छन् ।

विवादमा भारतीय अदालत

प्रधानन्यायाधीशको बर्खास्तगीको माग राखेर अनशनमा बस्ने केसीको निर्णयको पनि सर्वत्र आलोचना भयो । केसीले यसपटक आवेशमा आएर नै किन नहोस् अति गरेका हुन् भन्ने कुरामा विमति राख्नेहरू भेटिएनन् ।

भारतसँगको टेष्ट श्रृंखला दक्षिण अफ्रिकाद्वारा कब्जा

भारतसँगको ३ टेष्टको श्रृखलाको दोस्रो टेष्टमा पनि दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार सम्पन्न खेलमा अफ्रिकाले भारतलाई १ सय ३५ रनले पराजित गर्दै  टेष्ट श्रृंखला कब्जा गरेको हो ।

ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब सहुलियत ऋण दिने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनबारे दुई देशका अधिकारीबीच छलफल सुरु भएको छ ।

नेपाल–भारत सीमा स्तम्भको अनुगमन सुरु

नेपाल भारतको सीमा क्षेत्रमा रहेका स्तम्भहरुको अवस्थाबारे दुवै देशका नापी विभागका प्राविधिक टोली मंंगलबारदेखि संयुक्त रुपमा रौतहटको पूर्वी सीमादेखि निरीक्षण अध्ययन कार्य सुरु गरेका छन्।

साउथ एसिया ट्राभल अवार्ड भारतमा

दक्षिण एसियाको पर्यटकीय होटललाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ साउथ एसिया ट्राभल अवार्ड (साटा) तेस्रो संस्करण भारतमा हुने भएको छ। साटा कमिटी माल्दिभ्सले सोमबार साटा अवार्ड २०१८ भारतमा हुने घोषणा गरेको हो।

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्