९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय २० सांसदको पद खारेजका लागि सिफारिस

नयाँदिल्ली  - भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले  जनाएको छ ।“निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,” श्रोतले बतायाे।

प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ ।

दिल्ली संसदका ७० जना सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन् ।अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पद पुरा गर्नुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रीलाई सहयोगका लागि सरकारले संसद सचिवहरु प्रायजसो नियुक्त गर्ने गर्दछ । सरकार परिवर्तन भएको वेला उनीहरूलाई नयाँ सरकारले फेरबदल पनि गर्न सक्छ ।पूर्व नागरिक अभियन्ताबाट राजनीतिज्ञमा रुपान्तरण हुनु भएका केजरीवालले आम आद्मी पार्टीको तर्फबाट होस् वा मुख्य मन्त्रीको रूपमा होस् विकासका बारेमा आवाज उठाउने गर्नु भएको छ । रासस

प्रकाशित: ६ माघ २०७४ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App