४ पुस २०८१ बिहीबार
image/svg+xml

चितायन मन्दिरमा भाण्टाको भार

महाशिवरात्रिका अवसरमा सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) मा सोमबार दिनभर भक्तजनको घुइँचो लागेको छ। हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मट्का चढाउन हजारौं भक्तजनको भीड लागेको हो। मुसालगायत छालासम्बन्धी रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने चलन छ। त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासमा भक्तजनले परालद्वारा बाँधिएको धानको मट्का (मौर) चढाउने गर्छन्। मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ भएको छ।

डोलेश्वर मन्दिरमा पनि भीड

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। केदारनाथको शिर मानिने डोलेश्वरमा दर्शनार्थीहरूलाई विशेष पूजाआजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था मिलाइएको छ।

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

भक्तपुर कमलविनायककी सिर्जना बस्नेत बेलैमा पशुपतिनाथको दर्शन गरेर घर फर्किने मनशायले सोमबार बिहान ३ बजे नै पशुपतिनाथको मन्दिर परिसर पुगेर लाइन लागिन्। लाइन खुकुलो नै भएकाले चाँडै दर्शन गर्न पाइनेमा उनी ढुक्क थिइन्। तर पशुपतिनाथ मन्दिरको मूलढोकामा पुग्दा १ बजिसकेको थियो।

यस्तो रह्यो पशुपतिमा शिवरात्री चहलपहल ( भिडियो )

आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

शिवरात्रीको तयारी पूरा

यस वर्षको शिवरात्रीमा देश विदेशबाट गरी १० लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। शिवरात्रीको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा गत वर्षकै हाराहारीमा भक्तजनले दर्शन गर्ने पशुपति विकास कोषले जानकारी गराएकोे हो। यस वर्ष शिवरात्री फागुन २० गते परेको छ।

माघेसंक्रान्ति मेलामा देवघाटमा भक्तजन (फोटो फिचर)

मकर स्नानका लागि देवघाटमा भक्तजनको भीड लागेको छ। कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा स्नान गर्न नेपालका विभिन्न स्थानसँगै भारतका हिन्दु धर्मालम्बीहरु आउने गर्छन्। तिर्थालु भक्तजन माघे संक्रान्तिको अघिल्लो दिन नै देवघाट आएर पनि बस्ने गर्छन्। बेलुकी भजल, किर्तन गरेर जाग्राम बसेर बिहान देवघाटको संगमस्थलमा स्नान गरेर फर्कन्छन्।

उत्तरगयाधाममा श्राद्ध गर्नेको घुइँचो (फोटोफिचर)

रसुवा र नुवकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पौष कृष्ण औँसी (गया औसीँ) को दिन शनिबार बिहानैदेखि श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको हो।

शाश्वतधाममा २० लाख दर्शनार्थी

नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम अहिलेसम्म २० लाख भक्तजनले अवलोकन गरेका छन्। सञ्चालनमा आएको २० महिनामा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वतधाम पुगेका हुन्।

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ।

साउनको अन्तिम सोमबार (फोटो फिचर)

साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिडभाड लागेको छ।  साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्। साउनको प्रत्येक सोमबार ब्रत बसेका महिलाहरुले आज विधिपूर्वक ब्रत समापन गर्दैछन्।

जहाँ भक्तजनलाई देखाएर गनिन्छ मन्दिरको भेटी

भक्तजनले श्रद्धाका साथ धार्मिकस्थलमा भेटी चढाउँछन्। आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ मन्दिरमा चढाउने गरेको भेटीको देशभरका मन्दिरमा कतिको हिसावकिताब राखिन्छ भन्ने विषयमा विवाद र चर्चा हुने गरेको छ।

देवघाटमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ।

धार्मिक र पर्यटकीयस्थल रौतामा भक्तजन र पर्यटकको घुँईचो

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा नयाँ वर्षको अवसरमा पर्यटक र भक्तजनको भिड लागेको छ। नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष लगाइने बहुकार्यक्रमिक ३ दिने मेलामा यो वर्ष विगत वर्षहरुको तुलनामा १० गुणा बढी पर्यटक तथा तीर्थयात्रीहरु आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्