१२ असार २०८१ बुधबार
image/svg+xml

त्रियुगा १६ नं. वडा नयाँ भवनमा

सदरमुकामको नगरपालिका भए पनि गाईघाटदेखि झण्डै २५ किलोमिटर पश्चिम बिकट पहाडी भेगमा पर्ने सो वडाको केन्द्रस्थल चिलाउनेमा नवनिर्मित भवनबाट भर्खंर कार्य सञ्चालन सुरु भएको हो।

विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते

करेन्ट लागेर जिल्लाको त्रियुगा नगरपालिका १५ ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको ज्यान गएको हो।

त्रियुगा नगरको बजेट १ खर्ब २३ करोड

सोमबार नगरपालिकाकै सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आवधिक गतिविधिको ‘सार्वजनिक सुनुवाई’सँगै बजेट पुस्तिका सार्वजनिक गरेको हो।

अटो रिक्सा दुर्घटनामा नाबालकको मृत्यु, ८ घाईते

जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धानपछि सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएको छ।

ज्यालादारी भएपछि त्रियुगाका करारले आधा तलवमै चित्त बुझाए

ज्यालादारी सबै कर्मचारीले असोज महिनाको तलब भत्ता बुझिसकेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुृर वनले बताए।

आउँदो चुनावका लागि उदयपुरमा झण्डै २ लाख २९ हजार मतदाता

गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।

काठमाडौंका मेयर बालेन शाहकै पथमा त्रियुगाका मेयर बसन्त, डोजर लिएर सडकमा

मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सडक मिचेर बनाइएका अनाधिकृत संरचना भत्काउने अभियान सुरु गरिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले पनि सडक सफाई अभियान सुरु गरेको छ जस अन्तर्गत सडक पेटी मिचेर बनाइएका अनाधिकृत घरटहरा र पसलहरु बुधबारदेखि भत्काउन थालेको छ।

पशु विज्ञ केन्द्र उदयपुरलाई अत्याधुनिक भवन

अपाङ्तामैत्री अत्याधुनिक भवनमा कार्यालय प्रमु्खको कार्यकक्ष, सभाकक्ष, ३ वटै तलामा पुरुष तथा महिलाका लागि फरक–फरक शौचालय, खानेपानी र कर्मचारीकक्ष रहेका छन्। त्यस्तै माथिल्लो तलालाई कार्यालय प्रमुखको निवासमा प्रयोग गरिने छ।

खोलाले बगाउँदा एक पुरुषको निधन

स्थानीय प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले बताए अनुसार सोमबार साँझ साढे ६ बजे खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको निधन भएको हो। साँझ बजारदेखि घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्‍याउँदा घटनास्थलमै उनको निधन भएको जिल्ला प्रहरी कार्याल उदयपुरले जनाएको छ।

त्रियुगाका करारबारे उच्च अदालतको कारण देखाऊ आदेश

त्रियुगा नगरपालिकामा कार्यरत करार कर्मचारी निस्कासनबारे उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश दिएको छ।

कर्मचारी धर्नाले त्रियुगा नगरको कामकाज साता दिनदेखि ठप्प

‘दिनभर गेटमै धर्ना बसेर ४ बजे छाडेर हिड्ने गरेका थियौँ’ निस्कासनमा परेका न्याय समितिका कानुनी परामर्श विज्ञ अधिवक्ता कृपाराम चौधरीले भने ‘हामी हिडेपछि ताला खोलेर रातभर काम गर्छन् भन्ने सुनियो। अब राति पनि धर्ना बस्ने योजना बनाएका छौँ।’

निस्कासित कर्मचारीको धर्नाले त्रियुगाको कामकाज ठप्प

५९ करारका कर्मचारीको म्याद नथप्ने नगरप्रमुखस्तरीय निर्णयको हवाला दिँदै असार ३१ गते सूचना प्रकाशित भएपछि आन्दोलित कर्मचारी नगरपालिका गेटमै धर्ना बसेका कारण नगरको कामकाज ठप्प भएको हो।

बेलकाले पनि ३४ करार कर्मचारीको म्याद थपेन

करार सेवा अवधि थप नपाएका कर्मचारीहरुमा २ इन्जिनियर, ५ कृषि प्राविधिक, १ सब इन्जिनियर, १ पशु प्राविधिक, २ चालक, ३ सहचालक रहेका छन्।

उदयपुरका ९ सय ५० परिवारले गाउँ ब्लकको लालपुर्जा पाउँदै

वर्षौदेखि भोगचलन गर्दै आए पनि गाउँ ब्लकमा परेकाले जग्गाधनीहरु पुर्जाविहीन अवस्थामा थिए। उनीहरुलाई नापी कार्यायलले प्रचलित ऐन नियम अनुसार लालपुर्जा दिएको नापी शाखा उदयपुरका प्रमुख लालबाबु यादवले बताए। यादवका अनुसार २०२८ सालमा नापी गरेको निस्सा भए पनि लालपुर्जा नपाएको जमिनलाई ‘गाउँ ब्लक’को परिभाषाभित्र सरकारले राखेर थप प्रक्रिया अपनाएर पुर्जा दिने गरेको छ।

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्