५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खोलाले बगाउँदा एक पुरुषको निधन

फाइल तस्बिर।

त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको ज्यान गएको छ। त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको घटनास्थलमै निधन भएको हो।

स्थानीय प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले बताए अनुसार सोमबार साँझ साढे ६ बजे खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको निधन भएको हो। साँझ बजारदेखि घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्‍याउँदा घटनास्थलमै उनको निधन भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

प्रहरी कर्यालयका निमित्त सुचना अधिकारी इन्सपेक्टर मोहन थापाका अनुसार स्थानीयबासीले  खोलाको कौवाईस्थित त्रियुगा पुलनेर लडिरहेको देखेर  निकाल्दा उनको प्राण उडिसकेको थियो। घटनास्थलको सरजमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए।

प्रकाशित: १७ श्रावण २०७९ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App