९ मंसिर २०८३ बुधबार
image/svg+xml

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको उर्दी

काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त होल्डिङ सेन्टरमा बस्दै आएका परिवारलाई लक्षित गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो।

चौथो एनपीएल गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने

नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ।

खगेन्द्रविरुद्धको मुद्दामा पुनः पेस गरिएका प्रमाण प्रतिवादीलाई देखाउन अदालतको आदेश

अदालतको मिसिलबाट अडिओसहितका प्रमाण हराएपछि जाहेरवालाले पुनः पेस गरेकी थिइन्।

नाग्म-जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ।

सन्तोषको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टोली घोषणा

देब्रे हाते स्पिन अलरान्डर सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली घोषणा भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ।

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई फेरि पनि आधिकारिक मान्यता प्रदान गरेको छ।

विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

विदेशमा सामान कुरियर गरी पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

हाम्रो सरकार आएको दिन असमान सन्धि सम्झौता खारेज गर्छौं, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने असमान सन्धि सम्झौता खारेज गर्ने र विदेशी ऋण नलिने बताएका छन्।

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छौँ : मन्त्री मेहता

यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनको भनाइ छ।

राज्यको नजर बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गर्न नयाँ पहल

राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको तर उनीहरूको अवस्था के छ भन्ने कुरा स्पष्ट नभएकाले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न लागिएको बताए।

पाँच दिने माघी मेला अब महिनाभरको ‘रुरु महास्नान’

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रस्थित रिडीमा हरेक वर्ष लाग्दै आएको पाँच दिने माघी मेलालाई विस्तार गरी अब माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्